images

Nov 10 2024 | २०८१, कात्तिक २५ गते

images

चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्पः  ८६ जनाको मृत्यु

चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्पः  ८६ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ३ २०८०
  • चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्पः  ८६ जनाको मृत्यु

    काठमाडौँ । चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।  सरकारी सञ्चार माध्यम सिन्ह्वाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै जनाए अनुसार उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिशान काउन्टीमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

    images
    images
    images

    सो  भूकम्पमा परी ९६ जना घाइते भएको पनि प्रान्तीय भूकम्प राहत मुख्यालयले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु लिनक्सिया चेङगुआन्जेन, गान्सुबाट ३७ किलोमिटर र लान्झाउ, गान्सुबाट करिब १०० किलोमिटर टाढा रहेको थियो ।

    भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार