Dec 10 2024 | २०८१, मंसिर २५ गते

images

आजदेखि कोलगेट नेपाल स्पेल बी’को पाँचौ सिजन कान्तिपुर टेलिभिजन बाट सुरु

आजदेखि कोलगेट नेपाल स्पेल बी’को पाँचौ सिजन कान्तिपुर टेलिभिजन बाट सुरु

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
  • आजदेखि कोलगेट नेपाल स्पेल बी’को पाँचौ सिजन कान्तिपुर टेलिभिजन बाट सुरु

    काठमाडौँ । आजबाट कोलगेट नेपाल स्पेल बी’को पाँचौ सिजन कान्तिपुर टेलिभिजन बाट सुरु भएको छ । अंग्रेजी शब्दको स्पेलिङ उच्चारणसम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीको शब्दभण्डार बढाउन गर्न लागिएको हो।

    images
    images
    images

    कार्यक्रम आज बाट हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म कान्तिपुर टेलिभिजनमा प्रशारण हुने भएको छ। अंग्रेजी शब्दको ‘स्पेलिङ’ हिज्जे उच्चारण सम्बन्धी यो कार्यक्रममा माध्यमिक तह ‘११ र १२’ कक्षाका विद्यार्थीहरु सहभागी हुनेछन।

    कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालभरका विभिन्न ३५ शहरबाट अडिशनमार्फत छनौट गरिएको छ। पुर्वको इलामदेखि पश्चिमको महाकाली सम्मका ३५ सहरका २८०० कलेजबाट झण्डै ६ लाख बिद्यार्थीहरु पहिलो अडिसमा सहभागि भएका आयोजक महेश पोखरेलले बताएका छन्।

    प्रत्येक सहरबाट पहिलो,दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई काठमाडौँ ल्याएर टेरिभिजनबाट प्रतिषपर्धा गराइने आयोजकले बताएको छ। ३५ सहरबाट जम्मा १०५ जनालाई टेलिभिजनबाट प्रतिष्पर्धा गराइने छ।

    प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्राण्ड फिनाले गरेर सञ्चालन गरिने छ । विजेताहरुमध्य प्रथम हुनेलाई ३ लाख, दास्रो हुनेलाई २ लाख र तेस्रो हुनेलाई १ लाख र छात्रवृत्ति प्राप्त गर्ने छन्।

    सरकारी र निजी बिद्यालय दुबैबाट विद्यार्थीहरु सहभागी भएका थिए। कार्यक्रमको मुख्य प्रायोजक कोलगेट नेपाल रहेको र अडिसनकै क्रममा ८० हजार भन्दा बढिलाई डेन्टल चेकअप गराएको आयोजकले बताएको छ।

    नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो। २८ साता चल्ने उक्त कार्यक्रम पत्रकार भुषण दाहालले चलाउने छन। अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउने लक्ष्य कार्यक्रमको रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार