images

Nov 03 2024 | २०८१, कात्तिक १८ गते

images

राष्ट्रपति उम्मेदवारका रुपमा ह्यारिसलाई पार्टीबाट औपचारिक अनुमोदन प्राप्त

राष्ट्रपति उम्मेदवारका रुपमा ह्यारिसलाई पार्टीबाट औपचारिक अनुमोदन प्राप्त

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २२ २०८१
  • राष्ट्रपति उम्मेदवारका रुपमा ह्यारिसलाई पार्टीबाट औपचारिक अनुमोदन प्राप्त

    अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सोमबार डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रुपमा औपचारिक अनुमोदन प्राप्त गरेका छन् । 

    images
    images
    images

     ह्यारिस पार्टीको तर्फबाट नेतृत्व गर्ने पहिलो महिला र पूर्वराष्ट्रपति ओबामा पछिको दास्रो अश्वयत उम्मेदवार छन् ।  

    राष्ट्रपति जो बाइडेनले अचानक आफ्नो उम्मेदवारी फिर्ता गरी ह्यारिसलाई समर्थन जनाएका थिए । ह्यारिसले पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारको रुपमा औपचारिक अनुमोदन प्राप्त गर्न आवश्यक प्रक्रिया अगाडी बढाएकी थिइन् ।

    डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न एक हजार ९७६ प्रतिनिधिको समर्थन चाहिन्छ । जसमध्ये दुई  हजार ५७९ ले उनलाई समर्थन गरेको एपीले जनाएको छ । 

    ‘डेमोक्र्याटिक नेसनल कन्भेन्सन’का प्रतिनिधिहरुको पाँच दिने अनलाइन मतदान सोमबार समाप्त भएपछि ह्यारिसले आधिकारिक मनोनयन प्राप्त गरेकी हुन् । डेमोक्र्याटिक पार्टीले जारी गरेको विज्ञप्तिका अनुसार ९९ प्रतिशत प्रतिनिधिले ह्यारिसको पक्षमा मतदान गरेका थिए ।

    बाइडेनले राष्ट्रपतीय उम्मेदवारी फिर्ता लिएपछि ‘एपी–एनओरसी सेन्टर फर पब्लिक अफेयर्स’ ले गरेको रिसर्च पोलमा ४६ प्रतिशत अमेरिकीको ह्यारिसप्रति अनुकूल दृष्टिकोण रहेको पाइएको छ भने समान सङ्ख्याको उनको उम्मेदवारीप्रति प्रतिकुल धारणा रहेको छ । 

    यद्यपी धेरै डेमोक्र्याटहरुले बाईडेनको तुलनामा ह्यारिसको उम्मेदवारीबाट सन्तुष्ट रहेको धारण व्यक्त गरेका छन् । 

    ह्यारिसले लोकतन्त्र,  हिंसा रोकथाम र गर्भपतनको अधिकार जस्ता विषयवस्तु आफ्नो प्रमुख लक्ष्य रहेको बताएकी छन् ।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार