Dec 10 2024 | २०८१, मंसिर २५ गते

images

साफ महिला च्याम्पियनशिप : भुटानलाई ७–१ गोलले हराउँदै बङ्गलादेश फाइनलमा

साफ महिला च्याम्पियनशिप : भुटानलाई ७–१ गोलले हराउँदै बङ्गलादेश फाइनलमा

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ११ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ११ २०८१
  • साफ महिला च्याम्पियनशिप : भुटानलाई ७–१ गोलले हराउँदै बङ्गलादेश फाइनलमा

    काठमाडौँ ।  भुटानलाई हराउँदै बङ्गलादेश दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।

    images
    images
    images

    त्रिपुरेश्वरको दशरथ रङ्गशालमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भुटानलाई ७ गोलले हरायो । बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् ।

    यस्तै सबिना खातुनले २ तथा रितु पोरन चक्मा र मसुर प्रभीनले समान १ गोल गरे । भुटानकी देकी ल्हजोमले १ गोल फर्काइन् । बङ्गलादेश समूह 'ए' को विजेता र भुटान समूह 'बी'को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

    साफ महिला च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा अहिले बेलुकी साढे ६ बजे नेपाल र भारत खेल्दैछन् । नेपाल समूह 'बी' को विजेता बन्दै र भारत समूह 'ए'को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार