Dec 10 2024 | २०८१, मंसिर २५ गते

images

चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक

चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १६ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १६ २०८१
  • चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको बताएका छन् । ‘पर्वत चन्द्रागिरि समाज’द्वारा दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा शुक्रबार यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको उल्लेख गरे । 

    images
    images
    images

    “कामका कारण मानिस टाढा टाढा हुनुपर्छ,  चाडपर्व नमनाए परिवारमा दूरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाडपर्वले मानिसलाई नजिक ल्याउँछ । यसको समाजिकसँगै मानवीय पनि महत्व छ”, उनले । 

    एउटा परिस्कृत समाज निर्माणका लागि चाडपर्व जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले  चाडपर्वको अवसरमा जमघट र भेलामा उपस्थित हुने कुराको आफैंमा ठूलो महत्व रहेको बताए । “हाम्रा ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गर्नुभएको हो”, उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार