Dec 10 2024 | २०८१, मंसिर २५ गते

images

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूद्वारा पोखरामा प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूद्वारा पोखरामा प्रदर्शन

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २० २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २० २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूद्वारा पोखरामा प्रदर्शन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले पोखरामा प्रदर्शन गरेका छन् । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले प्रदर्शन गरिरहेका छन् ।

    images
    images
    images

    पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् ।

    रास्वपा सभापति लामिछानेलाई अदालतमा पेस गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज पुनः म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेस गरिएको हो ।

    लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले आज उनलाई अदालतमा उपस्थित गराइएको हो ।

    लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार