एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक
काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। एमालेले कात्तिक २४ गते बिहान ११ बजे बस्ने गरि सचिवालय बैठक बोलाएको हो।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ। स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा उपनिर्वाचन हुन लागेको हो।