Dec 10 2024 | २०८१, मंसिर २५ गते

images

अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल

अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २५ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २५ २०८१
  • अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल

    काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ ।

    images
    images
    images

    समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरुको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिए । समितिमा विचाराधिन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन सदस्यहरुको बैठकमा उपस्थिति बढाउनेबारे पनि छलफल भएको उनको भनाइ छ ।

    “संसदीय समितिका बैठकहरुमा गणपूरक सङ्ख्या (कोरम) नपुग्ने समस्या छ । कोरम नपु-याइ छलफल र निर्णयहरु गर्न नियमले मान्दैन”, आजको बैठकमा उनले भने, “सभामुखले पनि यस विषयमा चासो देखाउनु भएको छ । समितिका बैठक बोलाउँदा सबै दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई जानकारी गराउने र सदस्यहरुको उपस्थिति बढाउने विषयमा पनि छलफल भएको छ ।”

    समितिको आजको बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्रीले समितिका काम प्रभावकारी बनाउन कार्यतालिका बनाएर कडाईका साथ लागू गरिनुपर्ने बताए । समितिमा गणपूरक संख्या नपुगेर विधेयक माथिका छलफल प्रभावित हुन नहुने उनको भनाई थियो ।

    त्यस्तै, सांसद जुली कुमारी महतो (महासेठ)ले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयहरुलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताए ।

    अर्थ समितिमा अहिले पाँचवटा विधेयक विचाराधिन छन् । ती विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गाउनुपर्ने धारणा समितिका अधिकांश सदस्यहरुको मत छ । 

    चाडबाडहरु सकिएको र अहिले संसदको हिउँदे अधिवेशन समेत सुरु नभएको अवस्थामा समितिका गतिविधिहरु बढ्नुपर्ने विषय समितिमा उठेको थियो । त्यस्तै, आगामी मङ्सिर १६ गतेका लागि तय भएको उपनिर्वाचन अघि समितिका बैठक प्रभावित हुनसक्ने धारणा सांसदहरुको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार