Dec 11 2024 | २०८१, मंसिर २६ गते

images

रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २५ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २५ २०८१
  • रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति

    काठमाडौँ। सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन थुनामा राख्न आदेश दिएको हो।
    उनीमाथि यो चौथोपटक म्याद थपिएको हो ।

    images
    images
    images

    गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो। पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो। पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो। उक्त म्याद पनि सकिएपछि आज १३ दिन म्याद थपिएको हो । 
    प्रहरीले लामिछानेमाथि संगठीत अपराध, सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप उनीमाथि छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार