Jan 15 2025 | २०८१, माघ २ गते

images
images

सानिमा बैँक अब काठमाडौंको थलीमा

सानिमा बैँक अब काठमाडौंको थलीमा

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १० २०८१
  • सानिमा बैँक अब काठमाडौंको थलीमा

    सानिमा बैँक लिमिटेडले मिति २०८१ मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

    images
    images
    images

    उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) तथा बैंकका संचालकलक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यूले संयुक्त रुपमा गरे । 

    समुद्घाटन् समारोहमा, नगर प्रमुख कार्कीले सानिमा बैँकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैँक मार्फत स्थानीयमा सहज बैंकिङ्ग सेवाको पहुँचबाट लाभान्वित हुने बताए। यसैगरी मह जोडीले थलीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैँकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे। 

    त्यसैगरी सानिमा बैंकका संचालक लक्ष्मीप्रपन्न निरौला तथा प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैँकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैँकको देशका सातै प्रदेशमा १३४ वटा कार्यालय र १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार