Jan 15 2025 | २०८१, माघ २ गते

images
images

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १० २०८१
  • भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। सुनको मूल्यमा सोमबार एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images
    images
    images

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।

    सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार