images

May 19 2024 | २०८१, जेठ ६ गते

कमेडी च्याम्पियनमा जब प्रेम राजा बनेर फर्किए अनि के भयो ?

कमेडी च्याम्पियनमा जब प्रेम राजा बनेर फर्किए अनि के भयो ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
  • कमेडी च्याम्पियनमा जब प्रेम राजा बनेर फर्किए अनि के भयो ?

    काठमाडौँ । चर्चित कमेडी  रियालिटी  शो कमेडी च्याम्पियनका प्रतिस्पर्धी प्रेम बिश्वकर्मा पुर्व राजा बनेर पछिल्लो एपिसोडमा देखिएका छन् । पुर्व राजा ज्ञानेन्द्र शाह बनेका प्रेमको यो प्रस्तुति युट्युबमा निकैनै रुचाईएको छ भने उनको चर्चा समेत चुलिएको छ । 

    images
    images

    धादिङ्गका प्रेम डिजिटल अडिसन मार्फत उत्कृष्ठ ३० मा छानिएका थिए ।  मोटू पत्लू क्यारीकेचर गरेर अडिसन दिएका प्रेम सुपर १६ मार्फत बाहिरिएका थिए । यसअघी पनि उनले पुर्व राजा ज्ञानेन्द्रकै लवजमा छोटो प्रस्तुति दिएका थिए भने यसपटक उनि ज्ञानेन्द्रकै भेषमा समेत देखिएका छन् । ज्ञानेन्द्रकै भेष अनि बोल्ने शैलीकै कारण पनि उनको यो प्रस्तुति बिशेष बनेको छ । प्रस्तुतिमा दम भएकै कारण उनि PERFORMER OF THE ROUND हुन सफल भई अघिल्लो राउण्डको लागि आफ्नो स्थान समेत सुरक्षित गरेका छन् । 

    कमेडी च्याम्पियनमा हरेक साता अघिल्ला १९औँ राउण्डमा बाहिरिएका दुई प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् , जुन शिलशिला आगामी हप्ता सम्म रहने छ । अहिले कमेडी च्याम्पियनमा टप ७ कमेडियनले आफ्नो प्रस्तुति दिदै फिनालेको दौडमा छन्।  WILD CARD बाट समेत प्रतिस्पर्धी फर्कन सक्ने शोको प्राबधान रहेको छ। सयौं बाट छानिएका केहि उत्कृष्ठ सहभागीहरुले अहिले दर्शकको मन जितिरहेका छन् । 

    पछिल्लो समय कमेडी च्याम्पियन निकनै रुचाईएको एकमात्र नेपाली कमेडी रियालिटी टिभी शो बनेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट