images

May 02 2024 | २०८१, वैशाख २० गते

हाम्रो बारेमा

.

बढ्दो प्रविधिको विकास र फड्किंदो डिजिटल पत्रकारिता क्षेत्रमा एउटा नौलो अभ्यास हो, एभरेष्ट हेडलाइन्स डटकम । राष्ट्र, राष्ट्रियता, संविधानले बोकेको संंघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्रताको जगमा रही सदैव तटस्थ समाचार, विचार र सन्देश प्रवाह एभरेष्ट हेडलाइन्स डटकमको मुख्य सम्पादकीय नीति हो । भाषामा अलिकति झर्रोवाद र ‘सिटिजन जर्नालिज्म’ अर्थात् नागरिक पत्रकारिता हाम्रो पहिचान हो । संविधानतः मुलुकले बोकेको विशिष्टतासहितको पहिचान र सुसंस्कृत संघीय गणतन्त्र नै हाम्रो दृष्टिकोण हो ।

मुलुकको आर्थिक सम्वृद्धि र दिगो विकासलाई केन्द्रमा राखेर इतिहास‚ भूगोल‚ दर्शन‚ सामाजिक चिन्तन‚ परम्परा‚ जैविक विविधता‚ सांस्कृतिक घरोहर एवं सम्पदा संरक्षण तथा प्रवर्द्धनलाई हामी ताजा खुराक बनाउछौँ । देशको अर्थतन्त्र, आर्थिक अनुशासन, राजश्व, आयात निर्यात‚ वित्त, बजारबारे नागरिकलाई सुसूचित गराउछौँ । राष्ट्रिय अखण्डता, राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति र क्षेत्रीय सद्भाव प्रवर्द्धनमा सँधै कटिवद्ध छौँ। मुलुकमा बढ्दो भ्रष्टाचार, बेथिति‚ अन्याय‚ अत्याचारविरुद्ध खरो उत्रिएर खोजमूलक समाचारका अतिरिक्त हामी मरिसकेका विषय अर्थात् ‘डेड ईस्यु’ पनि हाम्रा मुख्य प्राथमिकता हुन् । हामी कथ्य होइन तथ्य जाँचेर खुराक पस्किन्छौँ ।

र, हामी जातीय, क्षेत्रीय, भाषिक, धार्मिक सन्तुलन राख्दै कानून, आचारसंहिता, प्रेस स्वतन्त्रता र सामाजिक न्यायविरुद्धका सामाग्री प्रकाशन/प्रसारणमा कटिवद्ध रहने छौँ भने कुनै द्वेष उमार्ने काम कदापी गर्दैनौँ । वीभत्स सामाग्री, कारुणिक रोदन हाम्रा समाचार सामग्रीमा पर्ने छैनन् । विशिष्ट परिस्थितिबाहेक अदालती कारवाहीमा खास चासो राख्दैनौँ । राष्ट्रिय राजनीति, सामाजिक विषयमा तिख्खर सामग्री प्रस्तुत गरे पनि कुनै व्यक्ति विशेष‚ राजनीतिक दल‚ तिनका भ्रातृ संगठन‚ ट्रेड युनियन‚ पेशागत संघ‚ संगठनको निजी उद्देश्य प्राप्तिका निमित्त कुनै सामग्री प्रकाशन/प्रसारण गर्दैनौँ । हामीलाई विश्वास छ, तपाईं एक सभ्य, सुसंस्कारी र अनुशासित नागरिकका रुपमा हामीसँग सदैब जोडिइरहनु हुनेछ । एभरेष्ट हेडलाइन्स सदैव तपाईंका सल्लाह सुझावको अपेक्षा गर्दछ । र, यहाँलाई एभरेष्ट हेडलाइन्स डटकम डटकममा स्वागत छ ।