Infinix को नेपालकै पहिलो ब्रान्ड स्टोर ललितपुरको पुल्चोकमा सञ्चालनमा
Infinix को नेपालकै पहिलो ब्रान्ड स्टोर ललितपुरको पुल्चोकमा सञ्चालनमा
ब्रान्ड एम्बेसडर क्रिकेटर दीपेन्द्र सिंह ऐरीद्वारा उद्घाटन
काठमाडौं । स्मार्टफोन ब्रान्ड Infinix ले नेपालमा आफ्नो पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । ललितपुरको पुल्चोकस्थित दमकल नजिक रहेको उक्त स्टोरको उद्घाटन २०८३ कात्तिक १५ गते (२०२६ नोभेम्बर १) मा भएको हो । Infinix नेपालका ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीले स्टोरको उद्घाटन गरे ।
उद्घाटन समारोहमा Infinix का प्रतिनिधि, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिको उपस्थिति रहेको थियो । कम्पनीका अनुसार यो स्टोरले नेपाली बजारमा Infinix को बढ्दो लोकप्रिय र उपभोक्तामाझ पहुँच विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई उजागर गरेको छ ।
ग्राहकलाई नयाँ र विशेष ब्रान्ड अनुभव दिने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको हो । यहाँ ग्राहकले Infinix का पछिल्ला स्मार्टफोन प्रत्यक्ष हेर्न, तिनमा उपलब्ध नयाँ प्रविधिको अनुभव लिन र आफ्नो आवश्यकताअनुसार उचित परामर्श पाउन सक्नेछन् । विभिन्न मोडलका स्मार्टफोन एउटै छानामुनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले ब्रान्ड स्टोरको सञ्चालनले नेपाली बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने र नयाँ उत्पादन तथा प्रविधि ग्राहकसम्म सहज रूपमा पुर्याउने योजनालाई गति दिने विश्वास लिएको छ । स्टोरमार्फत ग्राहकले स्मार्टफोनका विशेषता प्रत्यक्ष बुझेर आफ्नो रुचि र आवश्यकताअनुसारको उत्पादन छनोट गर्न सक्ने उल्लेख छ । यससँगै नेपालभरका प्रविधिप्रेमी तथा स्मार्टफोन प्रयोगकर्तासँग अझ नजिकको सम्बन्ध स्थापित गर्दै जाने कम्पनीको योजना छ ।
