images

Nov 06 2026 | २०८३, कात्तिक २० गते

तिहारमा भान्साको स्मार्ट साथी सिजी माइक्रोवेभ ओभन, घरमै बनाउन सकिने चाडपर्वका विशेष परिकार

तिहारमा भान्साको स्मार्ट साथी सिजी माइक्रोवेभ ओभन, घरमै बनाउन सकिने चाडपर्वका विशेष परिकार

भाइ मसला रोस्टिङदेखि मिठाई, बेकिङ र ग्रिलिङसम्म ओभनमै; २० देखि ३५ लिटरसम्मका ६ मोडल बजारमा

शुक्रबार, कात्तिक २० २०८३
शुक्रबार, कात्तिक २० २०८३
  • तिहारमा भान्साको स्मार्ट साथी सिजी माइक्रोवेभ ओभन, घरमै बनाउन सकिने चाडपर्वका विशेष परिकार

    काठमाडौँ। उज्यालो, देउसी-भैलो र मीठा परिकारको पर्व तिहार नजिकिँदै गर्दा नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्ना अत्याधुनिक माइक्रोवेभ ओभनलाई चाडपर्वको भान्सामा उपयोगी साथीका रूपमा प्रस्तुत गरेको छ। माइक्रोवेभ ओभन खाना तताउन मात्र प्रयोग हुने भन्ने आम बुझाइ फेर्दै कम्पनीले यस तिहारमा ओभनमै छिटो, स्वादिलो र स्वस्थकर तरिकाले तयार गर्न सकिने विशेष परिकारबारे उपभोक्तालाई जानकारी गराएको हो।

    कम्पनीका अनुसार तिहारमा नभई नहुने काजु, बदाम, पिस्ता र ओखर जस्ता भाइ मसलालाई कराइमा डढ्ने डरबिना ओभनमा केही मिनेटमै क्रिस्पी र स्वादिष्ट रूपमा रोस्ट गर्न सकिन्छ। त्यस्तै, बजारको मिसावटयुक्त मिठाईको सट्टा बेसनको लड्डु, पेडा, बर्फी, सुजीको हलवा र चकलेट घन्टौं आगोमा नउभिई सिजी माइक्रोवेभ ओभनमा छिटो र सजिलै बनाउन सकिन्छ।

    भाइटीकामा दाजुभाइलाई उपहार दिन आफ्नै हातले केक र कुकिज बनाउन तथा पारिवारिक जमघटका लागि पनिर र मासुका परिकार ग्रिल गर्न ओभनमा रहेको कन्भेक्सन र ग्रिल फिचर उपयोगी हुने कम्पनीको दाबी छ। अघिल्लो दिन बनाइएका सेलरोटी, फिनी र अनरसा जस्ता परिकारलाई पाहुना आउँदा तुरुन्तै तताएर भर्खर पकाएझैँ ताजा र क्रिस्पी बनाउन पनि ओभनले सहयोग गर्ने कम्पनीले जनाएको छ।

    उपभोक्ताको आवश्यकता र परिवारको आकारलाई ध्यानमा राख्दै कम्पनीले हाल २० लिटरदेखि ३५ लिटरसम्मको क्षमताका जम्मा ६ वटा मोडल (सोलो, ग्रिल र कन्भेक्सन) बजारमा उपलब्ध गराएको छ। यीमध्ये २ वटा मोडल प्रिमियम सिग्नेचर सिरिज 'सिजी मेरिडिया' का हुन् भने बाँकी ४ वटा लोकप्रिय सिजी ब्रान्डअन्तर्गत पर्छन्। ओभनमा रहेको 'अटो कुक मेनु' ले परिकारअनुसार आफैँ समय र तापक्रम मिलाउने भएकाले भान्साको काम झन्झटमुक्त र स्मार्ट बन्ने कम्पनीको भनाइ छ।

    ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका यी उत्पादन देशभरका २२ वटा सिजी डिजिटल सोरुम, कम्पनीको आधिकारिक वेबसाइट (www.cgdigital.com.np, www.cginspiringlife.com) तथा आधिकारिक बिक्री केन्द्रबाट सहजै खरिद गर्न सकिन्छ।

    बिक्रीपछिको सेवालाई छिटो र सहज बनाउन कम्पनीले ‘CG cares’ एप सञ्चालनमा ल्याएको छ। यो डिजिटल एप र देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत भरपर्दो सेवा दिँदै आएको कम्पनीले जनाएको छ। थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिन्छ। प्लेस्टोर वा एपस्टोरबाट ‘CG cares’ एप डाउनलोड गरेर पनि सेवा लिन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट