images

May 20 2024 | २०८१, जेठ ७ गते

उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो : ओली

उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो : ओली

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख २४ २०८१
  • उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को जितले मिसन ०८४ बलियो बनाएको बताएका छन् ।

    images
    images

    ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

    ‘दुईवटा उपनिर्वाचन एमालेले जित्यो’, उनले भने, ‘यो हाम्रो मिसन ०८४ सफलताको सुरुवात हो । हामी मिसन ०८४ लाई सफल बनाएर छाड्छौँ ।’

    ओलीले एमालेलाई सक्न धेरै कोसिस भएका बताए । ‘एमालेलाई सिद्धाउन पटक पटक कोसिस गरे तर सफल हुन सकेनन्’, उनले भने, ‘सबै साथीहरूलाई मिसन ०८४ मा सहभागी हुन अपिल छ । आन्दोलन बलियो र विजयी भए नेता कार्यकर्ता त्यसै बलियो हुन्छन् । आफूलाई वामपन्थी भन्ने सबै शक्ति र व्यक्तिलाई एमालेको धारमा मिसिन आग्रह गर्छु ।’

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट