images

May 20 2024 | २०८१, जेठ ७ गते

स्वदेश फर्किनासाथ उपेन्द्र यादवले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

स्वदेश फर्किनासाथ उपेन्द्र यादवले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
  • स्वदेश फर्किनासाथ उपेन्द्र यादवले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

    काठमाडौँ । नेपाल फर्किनासाथ जसपाका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्। 

    images
    images

    अमेरिकाबाट गएराति नेपाल फर्किएका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन्। 

    प्रधामन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले उनीहरुबीच भेटवार्ता भएको जानकारी दिए। प्रधानमन्त्रीसँगको छलफल सकेर बालुवाटारबाट बाहिरिएका यादव सभामुखले बोलाएको बैठकमा सहभागी हुन सिंहदरबारतर्फ लागेका छन्।

    यादव अमेरिकामै रहेको बेला उनको दल जसपा विभाजन भएको छ। १२ सांसद रहेको जसपाका ७ जनाले यादवको साथ छाडेर नयाँ दल गठन गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट