images

May 20 2024 | २०८१, जेठ ७ गते

तोलामा ८ सयले बढ्यो सुनको मुल्य

तोलामा ८ सयले बढ्यो सुनको मुल्य

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
  • तोलामा ८ सयले बढ्यो सुनको मुल्य

    काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

    अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँको वृद्धि आएको छ ।

    जस अनुसार आज चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट