images

May 20 2024 | २०८१, जेठ ७ गते

डिसहोमले आउदो टि २० र युरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड-शो गर्दै 

डिसहोमले आउदो टि २० र युरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड-शो गर्दै 

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
  • डिसहोमले आउदो टि २० र युरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड-शो गर्दै 

    काठमाडौँ । २०८१ साल बैशाख २५ गतेबाट सुरु भई रहेको रेडियो अन-व्हील्स रोड-शो कार्यक्रम सँगको सहकार्यमा डिशहोम फाईवरनेटले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचार-प्रसार गर्ने भएको छ । यस् कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोताको भुमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिनेछन् । 

    images
    images

    अन्य थप रोमान्चाक गतिविधीहरु हुनेछन् जहाँ सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी भई पुरस्कारहरु पनि जित्न सक्नेछन । यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुँने  रेडियो अन व्हिल बैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते बिराटनगर, ३० गते जनकपुर, ३१ गते बिरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भइ समापन हुनेछ।

    कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ। डिसहोमले आउदो टि २० र युरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड-शो गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट