images

May 20 2024 | २०८१, जेठ ७ गते

जसपा विभाजनमा मेरो भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड

जसपा विभाजनमा मेरो भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
  • जसपा विभाजनमा मेरो भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपा नेपाल विभाजनमा आफ्नो भूमिका नरहेको दाबी गरेका छन्।

    images
    images

    सभामुख देवराज घिमिरेले बोलाएको बैठकबाट बाहिरिने क्रममा उनलाई जसपा विभाजनमा उनको भूमिकाबारे पत्रकारले प्रश्न गरेका थिए। ‘कसले देख्छ र प्रचण्डबाहेक यो देशमा ? मेरो भूमिका छैन’, प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। गत आइतबार जसपा नेपाल विभाजन गरी अशोक राई पक्षले जसपाका लागि निवदेन दिएका थिए। सोमबार आयोगले यो पक्षलाई आधिकारिकता दिइसकेको छ।

    जसपा विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका रहेको आशंका भइरहेका छन्। प्रधानमन्त्रीले भने आफूमाथिको आशंका अस्वीकार गरेका हुन्। उनले मंगलबार बिहान जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा मिलेर जान आग्रह गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट