images

May 17 2024 | २०८१, जेठ ४ गते

साङ्ले खोलामा बालुवा जफत (समाचार प्रभाव)

साङ्ले खोलामा बालुवा जफत (समाचार प्रभाव)

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • साङ्ले खोलामा बालुवा जफत (समाचार प्रभाव)

    काठमाडाैंकाे टाेखा नगरपालिका र  तारकेश्वर नगरपालिकाका सीमामा रहेकाे साङ्ले खोलामा अनधिकृत रुपमा बालुवा उत्खनन् गर्ने क्रम चलेकाे समाचार एभरेस्ट हेडलाइन्समा प्रकाशित भएपछि टाेखा नगरपालिका र तारकेश्वर नगरपालिका एक्सनमा उत्रेकाे छ । 

    images
    images

    समाचार प्रकाशित भएपछि टाेखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले एभरेस्ट हेडलाइन्ससँग सम्पर्क गर्दै नगर प्रहरी एक्सनमा गइसकेकेा जानकारी दिए । 

    उनले भने,' याे माैसममा बालुवा निकाल्नै पाइँदैन । बालुवा उत्खनन् गर्नेलाई कार्वाही हुन्छ ।'

    उनले अहिले साे खाेलामा सरसफाइका लागि नगरपालिकाले पहल गरिरहेकाे र नदी थुनिएकाे छ भने खाेल्ने तयारी भइरहेकाे समेत जानकारी दिए । 

    टाेखा नगर पालिकाका नगर प्रहरी प्रमुख प्रकाश भण्डारीले फिल्डमा २ जना नगर प्रहरी खटिसकेकाे र थुपारिरहेकाे बालुवा जफत गरिएकाे बताए । 

    अनधिकृत रुपमा निकालिएकाे बालुवा जफत गरिने र उत्खनन् गर्नेकाे खाेजी भइरहेकाे उनले बताए । 

    राती राती बालुवा निकाल्ने गरेकाे र विहान बेचविखन गर्ने उजुरी परेकाे उनले बताए । 

    करिडोरको इन्द्रायणी पुलदेखि माथी भत्केको पुलसम्म दर्जनौ ठाउँबाट अनधिकृत रुपमा बालुवा उत्खनन भइरहेकाे समाचार एभरेस्ट हेडलाइन्समा प्रकाशित भएकाे थियाे । 

    यस विषयमा तारकेश्वर नगरपालिकाका सूचना अधिकारी सागर अर्यालले यसबारेमा बुझेर एक्सनमा जाने बताए । 

    बालुवा अनधिकृत रुपमा उत्खनन भएकाे खाेला तारकेश्वर र टाेखा नगरपालिकाकाे सीमामा रहेकाे छ । 

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट