images

May 17 2024 | २०८१, जेठ ४ गते

नेपाललाई २९ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो टी-२० शृङ्खला

नेपाललाई २९ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो टी-२० शृङ्खला

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
  • नेपाललाई २९ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो टी-२० शृङ्खला

    काठमाडौँ । नेपाललाई २९ रनले हराउँदै आगन्तुक टोली वेस्ट इन्डिजले टी-२० शृङ्खला जितेको छ।

    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा बिहीबार भएको चौथो खेल जित्दै वेस्ट इन्डिजले ३-१ ले शृङ्खला कब्जा गरेको हो। यसअघि वेस्ट इन्डिजले दुई र नेपालले एक खेल जितेका थिए भने एक खेल बाँकी छ।

    वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल सबै विकेट गुमाएर १८१ रनमै समेटियो। नेपालका लागि कप्तान रोहित पौडेलले ८२ रन बनाए। उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे।

    त्यस्तै, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले १९-१९ तथा अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्ड र हेडेन वासले तीन-तीन तथा फाबिन अलेन र गुडाकेस मोटिईले दुई-दुई विकेट लिए।

    यसअघि ब्याटिङ गरेको जोनसन चार्ल्स र एन्ड्रु फ्लेचरको अर्धशतकमा तीन विकेट गुमाउँदै २०९ रन बनाएको थियो। फ्लेचरले ५४ बलमा नौ चौका र चार छक्का प्रहार गर्दै ८४ रन बनाए।

    त्यस्तै, चार्ल्सले ३० बलमा तीन चौका र ६ छक्का प्रहार गर्दै ५८ रन बनाए। वेस्ट इन्डिजका लागि फबियन अलेनले ३३ रन बनाए।

    नेपालका लागि कुशल भुर्तेलले दुई र प्रतिश जीसीले एक विकेट लिए। अन्य बलर महंगा सावित भए। पाँच खेलको टी-२० शृङ्खलाका लागि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा छ। यो शृङ्खलाको अन्तिम खेल शनिबार दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट