images

Sep 29 2026 | २०८३, असोज १३ गते

भोटेकोशी बाढीपीडितलाई राहतबाट पुनर्निर्माणतर्फ लैजाने एनआरएनएको निर्णय

भोटेकोशी बाढीपीडितलाई राहतबाट पुनर्निर्माणतर्फ लैजाने एनआरएनएको निर्णय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समझदारीपत्र गर्ने तयारी, रसुवाका ७५ परिवारलाई राहत सामग्री वितरण गर्ने तयारी

#NRNA #एनआरएनए #गैरआवासीयनेपालीसंघ #भोटेकोशीबाढी #बाढीपीडितसहयोग #राहतअभियान #मानवीयसहयोग #पुनर्निर्माण #रसुवा #नुवाकोट #NCCPhilippines #विपद्व्यवस्थापन #NRNAReliefCampaign #BhotekoshiFlood #NepalFloodRelief

सोमबार, असोज १२ २०८३
सोमबार, असोज १२ २०८३
  • भोटेकोशी बाढीपीडितलाई राहतबाट पुनर्निर्माणतर्फ लैजाने एनआरएनएको निर्णय

    काठमाडौँ, १२ असोज । भोटेकोशी बाढीले प्रभावित रसुवा र नुवाकोटका नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान निरन्तर जारी छ। संघले अब यो अभियानलाई राहतबाट क्रमशः पुनर्निर्माणतर्फ रूपान्तरण गर्दै लैजाने निर्णय गरेको छ।

    आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकको एजेन्डा तय गर्न आयोजना गरिएको रणनीतिक बैठकले उक्त निर्णय गरेको हो। पुनर्निर्माणको काम प्रभावकारी बनाउन सरकारसँग आवश्यक समन्वय गर्ने र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समझदारीपत्र (एमओयू) गरेर अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ।

    बैठकमा अभियानअन्तर्गत हालसम्म सङ्कलन भएको सहयोग, राहत सामग्री वितरण र प्रभावित परिवारलाई उपलब्ध गराइएको सहयोगको समीक्षा गरिएको थियो। अभियानका क्रममा देखिएका चुनौती, बाँकी काम र आगामी दिनमा गर्नुपर्ने कार्यबारे पनि छलफल भयो। प्रभावित क्षेत्रको दीर्घकालीन आवश्यकता पहिचान गरी पुनर्निर्माण तथा पुनर्स्थापनाको काम व्यवस्थित रूपमा अघि बढाउने, प्राप्त सहयोगलाई प्रभावकारी ढंगले परिचालन गर्ने र सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्ने विषयमा पनि बैठकमा कुराकानी भएको संघले जनाएको छ। साथै, आगामी आईसीसी बैठकमा संघका समसामयिक विषय तथा विभिन्न विभाग र समितिको कार्यप्रगति समेटेर एजेन्डा तयार गर्ने विषयमा पनि छलफल भएको थियो।

    अर्कातर्फ, लगातारको वर्षाका कारण रोकिएको राहत वितरण पुनः सुरु गर्ने तयारी गरिएको छ। राष्ट्रिय समन्वय परिषद् (एनसीसी) फिलिपिन्सको सहयोगमा रसुवाका बाढीप्रभावित ७५ परिवारलाई राहत सामग्री दिने योजना बनेको हो। यसअघि निरन्तरको वर्षाले प्रभावित क्षेत्रमा वितरण गर्न कठिन भएपछि कार्यक्रम स्थगित गरिएको थियो। मौसममा सुधार आएसँगै आवश्यक तयारी अघि बढाइएको छ भने सामग्री प्रभावित परिवारसम्म पुर्‍याउन र वितरणका लागि आवश्यक समन्वयको काम भइरहेको संघले जनाएको छ।

    त्यसैगरी, नेपालमा शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा परेकाले भोटेकोशी बाढी राहत अभियानको आर्थिक सहयोगको प्रगति विवरण आज, सोमबार मात्र सार्वजनिक गरिने भएको छ। तीन दिन बैंकिङ सेवा बन्द हुँदा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) र सहयोगी दाताले पठाएको रकम बैंक खातामा जम्मा भइसकेको भए पनि त्यसको विवरण अद्यावधिक गर्न बाँकी रहेकाले सोमबार पूर्ण विवरण सार्वजनिक गरिने संघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट