रिद्धि सिद्धि सिमेन्टद्वारा घर बनाउनेहरूका लागि "शिलान्यास बक्स" योजना सार्वजनिक
रिद्धि सिद्धि सिमेन्टद्वारा घर बनाउनेहरूका लागि "शिलान्यास बक्स" योजना सार्वजनिक
१०० बोरा वा सोभन्दा बढी खरिद गर्ने ग्राहकले पाउनेछन् ५ ग्राम चाँदीको सिक्का र पूजा सामग्री
काठमाडौं, २०८३। आफ्नो सपनाको घर निर्माणको शुभ सुरुवातलाई अझ विशेष, शुभ र स्मरणीय बनाउने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टले "शिलान्यासमा रिद्धि सिद्धिसँग" नामक विशेष योजना सार्वजनिक गरेको छ।
योजना अन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्ने ग्राहकहरूले आफ्नो निर्माण साइट दर्ता गरी योजनामा सहभागी हुन सक्नेछन्। सहभागी ग्राहकले ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री समावेश गरिएको विशेष "शिलान्यास बक्स" प्राप्त गर्नेछन्। घर निर्माणको पहिलो चरण अर्थात् शिलान्यासलाई नेपाली परम्परा, आस्था र संस्कृतिसँग जोड्दै ग्राहकलाई आवश्यक पूजा सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले तयार पारिएको यो बक्स योजनाको मुख्य आकर्षण रहेको कम्पनीले जनाएको छ।
योजनामा सहभागी हुन ग्राहकले कम्पनीले उल्लेख गरेको QR कोड स्क्यान गरी रजिस्ट्रेसन फारममा आफ्नो विवरण भर्नुपर्नेछ। साथै १०० बोरा वा सोभन्दा बढी रिद्धि सिद्धि सिमेन्ट खरिद गरेको VAT बिल अपलोड गर्नुपर्नेछ। पेश गरिएको VAT बिलका आधारमा ग्राहकको सहभागिता प्रमाणीकरण गरिनेछ।
योजना अन्तर्गत प्रत्येक निर्माण साइटबाट एउटा मात्र शिलान्यास बक्स प्राप्त गर्न सकिनेछ। प्रमाणीकरणपछि कम्पनीका प्रतिनिधिहरू ग्राहकको निर्माण साइटमा उपस्थित भई शिलान्यास बक्स तथा ५ ग्राम चाँदीको सिक्का उपलब्ध गराउनेछन्।
मंसिर ४ गतेदेखि पुष ४ गतेसम्म, २०८३ मा रिद्धि सिद्धि सिमेन्ट खरिद गर्ने ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन्।
रिद्धि सिद्धि सिमेन्टले गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउनुका साथै ग्राहकको निर्माण यात्राका महत्त्वपूर्ण अवसरहरूलाई समेत विशेष बनाउन निरन्तर पहल गर्दै आएको जनाएको छ। "गुणस्तरको नयाँ स्तर" भन्ने आफ्नो प्रतिबद्धता अनुरूप ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको भनाइ छ।
