images

Nov 21 2026 | २०८३, मंसिर ५ गते

ग्यासमा बढी पैसा लिने स्टोरलाई २ लाख जरिवाना

ग्यासमा बढी पैसा लिने स्टोरलाई २ लाख जरिवाना

शुक्रबार, मंसिर ४ २०८३
शुक्रबार, मंसिर ४ २०८३
  • ग्यासमा बढी पैसा लिने स्टोरलाई २ लाख जरिवाना

    काठमाडौं — खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

    उपभोक्ताले 'हेलो सरकार'को वेब पोर्टलमार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भन्दै गुनासो दर्ता गराएका थिए। सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त स्टोरलाई जरिवाना गरिएको हेलो सरकारले जानकारी दिएको छ।

    WhatsApp Image 2026-11-20 at 10.02.22.jpeg

    हेलो सरकारले विश्वास गरी गुनासो पठाउने उपभोक्ता र तत्काल कारबाही प्रक्रिया अघि बढाएर सकारात्मक सहकार्य गर्ने विभागलाई धन्यवाद पनि ज्ञापन गरेको छ। सरकारले उपभोक्ता ठगिएमा वा कुनै सार्वजनिक सेवामा समस्या आएमा हेलो सरकारको निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो टिपाउन आग्रह गर्दै आएको छ।

    छोटो सूचना: आज मंसिर ४ गते शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार