images

Nov 19 2026 | २०८३, मंसिर ३ गते

चेकिङ पार गरे पनि उम्किएनन्: करिब २ किलो सुनसहित पक्राउ

चेकिङ पार गरे पनि उम्किएनन्: करिब २ किलो सुनसहित पक्राउ

करिब २ किलो सुनसहित पक्राउ

बुधबार, मंसिर २ २०८३
बुधबार, मंसिर २ २०८३
  • चेकिङ पार गरे पनि उम्किएनन्: करिब २ किलो सुनसहित पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याइएको करिब दुई किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

    प्रहरीका अनुसार मंगलबार मध्यरात १ बजेर २५ मिनेटमा १ किलो ८०३ ग्राम ७७ मिलिग्राम सुनसहित चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई नियन्त्रणमा लिइएको हो। उनी हङकङबाट नेपाल वायुसेवा निगमको उडान नं. आरए ४१० मार्फत काठमाडौं आइपुगेका थिए। उनीबाट अर्धठोस अवस्थाका चार थान गोलाकार पदार्थ बरामद भएको छ।

    विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले वाङलाई नियन्त्रणमा लिएको थियो। उनलाई बरामद सुनसहित थप अनुसन्धानका लागि गौचरस्थित भन्सार कार्यालयमा पठाइएको छ।

    यो घटनाको केही दिनअघि मात्र हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत आएका ४२ वर्षीय चिनियाँ नागरिक झाङ गुओकिङलाई ६३५.९६ ग्राम सुनजस्तो देखिने पदार्थसहित सोही विमानस्थलबाट पक्राउ गरिएको थियो। उनले सो पदार्थ अन्डरवेयरभित्र लुकाएर ल्याएका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार