images

Sep 30 2026 | २०८३, असोज १४ गते

शिक्षामन्त्री पोखरेल र रसियाली राजदूतबिच भेट, शिक्षा र खेलकुदमा सहकार्य विस्तारको चासो

शिक्षामन्त्री पोखरेल र रसियाली राजदूतबिच भेट, शिक्षा र खेलकुदमा सहकार्य विस्तारको चासो

जनशक्ति विकासमा रसियाको सहयोगप्रति मन्त्रीको धन्यवाद, नेपालको शिक्षा र खेलकुद क्षेत्रमा लगानी गर्न इच्छुक रहेको राजदूतको भनाइ

सोमबार, असोज १२ २०८३
सोमबार, असोज १२ २०८३
  • शिक्षामन्त्री पोखरेल र रसियाली राजदूतबिच भेट, शिक्षा र खेलकुदमा सहकार्य विस्तारको चासो

    काठमाडौँ, १२ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशबिचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो।

    भेटमा शिक्षा, खेलकुद र जनशक्ति विकासलगायत साझा हितका क्षेत्रमा सहकार्यलाई कसरी फराकिलो बनाउने भन्ने विषयमा पनि छलफल भयो। मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियाली सरकारले पुर्‍याउँदै आएको योगदान र सहयोगका लागि धन्यवाद दिँदै शिक्षा र खेलकुद क्षेत्रमा दुई देशबिचको सहकार्य अझ बढाउनुपर्नेमा जोड दिए।

    राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसियाली पक्ष इच्छुक रहेको बताए। यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना खोज्दै दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन सकिने धारणा उनले राखे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट