images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमालेमा भण्डारीको पुनरागमन, वरिष्ठ नेताको प्रस्ताव

एमालेमा भण्डारीको पुनरागमन, वरिष्ठ नेताको प्रस्ताव

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राखे प्रस्ताव, आजै अनुमोदन हुने तयारी

बिहीबार , असोज ८ २०८३
बिहीबार , असोज ८ २०८३
  • एमालेमा भण्डारीको पुनरागमन, वरिष्ठ नेताको प्रस्ताव

    काठमाडौं, ८ असोज ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन्। ललितपुरको भनिमण्डलस्थित एक ब्याङ्क्वेटमा चार दिनदेखि चलिरहेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले यो प्रस्ताव राखेका हुन्।

    बैठक आज नै समापन हुँदैछ। प्रस्ताव अनुमोदन गर्ने तयारी बैठकले गरेको बताइएको छ। अनुमोदन भएमा भण्डारी एमालेको नेतृत्व संरचनामा औपचारिक रूपमा फेरि जोडिने बाटो खुल्नेछ।

    भण्डारी २०७२ सालमा पहिलोपटक र २०७४ सालमा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। राष्ट्रपति पदमा रहँदा उनी पार्टीको सक्रिय जिम्मेवारीबाट अलग थिइन्। पदबाट अवकाश पाएपछि उनको एमालेमा सक्रिय राजनीतिमा पुनरागमनको चर्चा हुँदै आएको थियो। त्यसै क्रममा अध्यक्ष ओलीले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव बैठकमा राखेका हुन्।

    २०८२ साउन ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटी बैठकबाट भण्डारीको पार्टी सदस्यता रोकिएको थियो। यसपटक त्यही अध्यक्षले उनलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका हुन्। यसअघि पार्टी सचिवालयले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट