images

Jul 27 2024 | २०८१, साउन १२ गते

तेस्रो चरणको आन्दोलन थाल्ने निर्माण व्यवसायीकाे चेतावनी

तेस्रो चरणको आन्दोलन थाल्ने निर्माण व्यवसायीकाे चेतावनी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • तेस्रो चरणको आन्दोलन थाल्ने निर्माण व्यवसायीकाे चेतावनी

    काठमाडौं । सरकारले निर्माणकार्यको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने व्यवसायीले चेतावनी दिएका छन् ।

    images

    शुक्रबार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन उनीहरूले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि विरोध प्रदर्शन गरे । सोहीक्रममा व्यवसायीले सरकारले आफूहरूका माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

    विरोध कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणका संवाहक निर्माण व्यवसायीलाई सरकारले धराशायी बनाउने काम गरेको आरोप लगाए । राजनीतिक पार्टीका कार्यकर्तालाई पोस्ने गरेर सरकारले बनाएको उपभोक्ता समिति खारेज गर्नुपर्ने माग पनि उनले गरे ।

    व्यवसायीले ‘सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’, ‘जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर’, ‘व्यावहारिक माइल स्टेन खारेज गर’, ‘गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता’, ‘उपभोक्ताबाट निर्माणकार्य गर्ने नियम खारेज गर’, ‘खरिद नियमावलीको नियम ६ लाइ कडाइका साथ लागु गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार