images

Sep 30 2026 | २०८३, असोज १४ गते

मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को लागि अडिसन हुँदै

मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को लागि अडिसन हुँदै

एभरेष्ट हेडलाइन्स
शनिबार, साउन १२ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, साउन १२ २०८१
  • मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को लागि अडिसन हुँदै

    काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२४’ को लागि यहि सोमबार अडिसन  हुने भएको छ । प्रिलिमिनरी राउन्डबाट छनौट भएका ६० जना मध्य ३५ जनाको अडिसनमार्फत हिल्टन काठमाडौँमा छनोट हुने आयोजकले जनाएको छ ।
    अडिसनको जज प्यानलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका छन् । त्यस्तै आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका म्यानेजिङ्ग डिरेक्टर आलोक छेत्री, सिइओ एवम प्रेसिडेन्ट सबी पुरी र मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जजको रुपमा अडिसन लिने भएका छन् । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने भर्चुअल माध्यम देखी सहभागीता जनाउनेछन् । 

    यो अडिसनमा छनोट हुने ३५ प्रतिस्पर्धीले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनिहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइने आयोजकले जनाएको छ ।  

    यसपालीको मिस युनिभर्स नेपाल २०२४ मा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागीता रहेको मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जानकारी दिएका छन् । 

    ‘मिस युनिभर्स नेपाल २०२४’ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । बिजेताले नोभेम्वरमा हुने मिस युनिभर्स २०२४ को लागि मेक्सिकोमा १०० देशहरुसँग प्रतिस्पर्धा गर्नेछन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट