images

Jul 27 2024 | २०८१, साउन १२ गते

मुलुक भित्र गुणस्तरीय बिजुलीकाे चरम अभाव : करिब ६० प्रतिशत उद्योगहरु जेनेरेटरमा निर्भर

मुलुक भित्र गुणस्तरीय बिजुलीकाे चरम अभाव : करिब ६० प्रतिशत उद्योगहरु जेनेरेटरमा निर्भर

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • मुलुक भित्र गुणस्तरीय बिजुलीकाे चरम अभाव  : करिब ६० प्रतिशत उद्योगहरु जेनेरेटरमा निर्भर

    काठमाडौं । मुलुक भित्र गुणस्तरीय बिजुलीकाे चरम अभाव देखिएकाे छ । एक अध्ययानले अझै पनि नेपाल विद्युत प्राधिकरणले गुणस्तरीय बिजुली दिन नसक्दा करिब ६० प्रतिशत उद्योगले जेनेरेटर प्रयोग गरिरहेका देखाएकाे  छ ।

    images

    नेपाल उद्योग परिसंघले प्रकाशित गरेको औद्योगिक सर्वेक्षण प्रतिवेदनमा प्राधिकरणले उपलब्ध गराउने बिजुली नियमित र गुणस्तरिय नहुँदा उद्योगहरुमा जेनेरेटर जडान गर्नु परेको उल्लेख छ ।

    उत्पादनमुलक उद्योगले जेनेरेटर प्रयोग गर्दा उत्पादन लागत ८.०५ प्रतिशतले वृद्धि भएको र उद्योग प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको प्रतिवेदनमा उल्लेख छ ।

    परिसंघले गरेको अध्ययनमा उद्योगीहरुले प्राधिकरणले दिने बिजुलीको निकै कम गुणस्तरको भएको गुनासो गरेका छन् । प्राधिकरणले प्रशारण र वितरणलाइनका साथैं टान्सफर्मरमा प्रयाप्त लगानी नगर्दा उद्योगलाई आफूले जनाएको प्रतिवद्धता अनुसार विजुली दिन सकेको छैन ।

    यस्तै, उद्योग सञ्चालन भईरहँदा विजुली ट्रिपिङ (कुनै जानकारी नगराई झ्याप्प बिजुली जाने) हुँदा समेत उद्योगको कच्चा पदार्थ बिग्रने र उत्पादन लागत बढ्ने समस्या छ ।

    स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको बिजुली खेर भएको अवस्थामा प्राधिकराणले उद्योगलाई भने अनुसारलाई भोल्टेजमा विजुली दिन सकेको छैन ।

    उद्योगमा विजुली नियमित आएपनि लाइटिङ लोड अर्थात् मेसिन उपकरण चलाउन नमिल्ने तर विजुली मात्रै बाल्न मिल्ने गरी विजुली आपुर्ति हुँदा समेत उद्योगहरु समस्यामा परेका छन् ।

    व्यवसायीक प्रयोजनका लागि उद्योगहरुमा छुट्दै फिडर मार्फत् विजुली आपुर्ति गर्नु पर्ने माग उद्योगीहरुले गरेको प्रतिवेदनमा उल्लेख छ ।

    नियमित गुणस्तरिय विजुली आपुर्ति हुँदा उद्योगको लागत घट्दै प्रतिस्पर्धात्मक क्षमता बढ्ने उद्योगीहरुको दाबी छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार