images

Jul 27 2024 | २०८१, साउन १२ गते

आयोजनाको पीपीए खारेज गर्नु गलत : इप्पान

आयोजनाको पीपीए खारेज गर्नु गलत : इप्पान

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • आयोजनाको पीपीए खारेज गर्नु गलत : इप्पान

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कोभिड र तरलता संकटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको पीपीए खारेज गर्नु गलत भएको बताएको छ। 

    images

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले कोभिड र तरलता संकटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) र अनुमतिपत्र खारेज गर्ने निर्णय न्यायसंगत नभएकोले ती आयोजनालाई एक वर्षको विशेष अवधि थप गर्नुपर्ने बताएका छन्। 

    उनले निजी क्षेत्रले करोडौं लगानी गरिसकेका आयोजनाहरु नयाँ पीपीए गर्दा प्राथमिकतामा नपर्ने कुरा पनि न्यायस‌गत नभएको भन्दै पहिला आउने आयोजनाको पीपीए गर्ने साविककै व्यवस्थामा सम्झौता हुने कुरा उल्लेख गर्नुपर्ने पनि बताए। 

    इप्पानका वरिष्ठ उपाध्यक्ष महोनकुमार डाँगीले ठूला आयोजनाको रिटर्न अन इक्वीटी (आरओई) १७ प्रतिशत हुने कुरा खारेज गरेर त्योभन्दा बढी आरओई पनि राख्न पाउने व्यवस्था निजी क्षेत्रको माग बमोजिम नै आएको भन्दै इप्पानले त्यसको स्वागत गरेको बताए।

    त्यस्तै इप्पानका महासचिव बलराम खतिवडाले जलाशयुक्त आयोजना सरह नै नदी प्रवाहमा आधारित (ROR) र अर्धजलाशययुक्त (PROR) आयोजनाको हकमा पनि विद्युत् उत्पादन अनुमति पत्रको अवधि ४५+५ वर्ष गर्न सिफारिस गर्नुपर्ने बताए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार