images

Jul 27 2024 | २०८१, साउन १२ गते

एक क्विन्टल भनिएकाे सुन ६० केजी ७१६ ग्राम मात्रै !

एक क्विन्टल भनिएकाे सुन ६० केजी ७१६ ग्राम मात्रै !

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • एक क्विन्टल भनिएकाे सुन ६० केजी  ७१६ ग्राम  मात्रै !

    काठमाडौं । तस्करी गरेर ल्याइएकाे सुन मोटरसाइकलको ‘ब्रेक सु’ मा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम मात्रै पाइएकाे छ ।

    images

    नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको थियो । आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो । छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्नको लागि जोखिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

    उनका अनुसार ब्रेक सुबाट सुन छुट्याएर गालेपछि ६० केजी भएको थियो । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान थियो । त्यसैअनुसार सुन घटेको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए ।

    भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो । सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार