images

Jul 27 2024 | २०८१, साउन १२ गते

कागबेनीमा बाढीले पुरिएको डेढ करोड फेला

कागबेनीमा बाढीले पुरिएको डेढ करोड फेला

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
  • कागबेनीमा  बाढीले पुरिएको डेढ करोड फेला

    मुस्ताङ । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो । 

    images

    बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको रु ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि रु एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए ।

    बाढीले प्रभु बैंकको भवननै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । एक सातापछि आज फेला परेको रकम सुरक्षित नै रहेको उनले बताए ।

    प्रहरी नायब उपरीक्षक पौडेलले भने, “आज गाउँले, सुरक्षाकर्मी र बैंकका कर्मचारीहरूले उत्खनन गर्ने क्रममा पैसा फेला परेको छ, भल्टसँगै पैसा फेला परेको हुँदा पैसा सुरक्षितनै देखियो, बैंकको भवन छुट्टा–छुट्टै थिए, त्यसले गर्दा कुन बैंकको पैसा हो भन्ने पत्ता लगाउन सहज भयो ।”

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार