images

Jul 27 2024 | २०८१, साउन १२ गते

बरामद सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत

बरामद सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • बरामद सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत

    काठमाडौँ । तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पत्ता लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए ।

    images

    उनले उक्त सुन ९९ दशमलव ९ प्रतिशत नै शुद्ध रहेको भनेर विभागलाई जानकारी गराइएको बताए । “९९ दशमलव ९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो”, उनले भने । 

    टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ । 

    राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले सुन पूर्ण शुद्ध रहेको जानकारी आएको बताए । प्राप्त जानकारीमा उक्त सुन २४ क्यारेटकै रहेको जनाइएको छ । बरामद गरिएको सुन गत साउन ३० गते गालेर बिस्कुट बनाइ जोख्दा ६० किलो सात सय १६ ग्राम भएको थियो । त्यसको अघिल्लो दिन साउन २९ गते ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल थियो । गालेपछि सुनको मात्रा ७३ ग्राम घटेको थियो । 

    राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले सुन तस्करीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार