images

May 17 2024 | २०८१, जेठ ४ गते

राष्ट्रपतिको कार्यालयका सहसचिव कार्कीको निधन

राष्ट्रपतिको कार्यालयका सहसचिव कार्कीको निधन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
  • राष्ट्रपतिको कार्यालयका सहसचिव कार्कीको निधन

    काठमाडौँ । राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको ५९ वर्षको उमेरमा शुक्रबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ।

    images
    images

    राष्ट्रपति कार्यालयको कानुन महाशाखाका सहसचिव कार्कीको निधन भएको पुष्टि नर्भिक अस्पतालका कार्यकारी अधिकृत अजय मिश्रले गरेका छन्।  ओखलढुंगा घर भएका कार्कीको निधन शुक्रबार बिहान भएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताएका छन्। 

    गम्भीर बिरामी परेपछि अस्पताल लगिएका कार्कीको बाटैमा निधन भएको थियो। नर्भिकले आवश्यक चेकजाँचपछि उनलाई मृत घोषणा गरेको थियो। 

    कार्कीले बिहीबार राति अस्वस्थ महसुस गरेर बान्ता गरेका थिए। कार्की गत असारदेखि राष्ट्रपति कार्यालय कानुन महाशाखामा थिए। त्यसपहिले उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट