images

Apr 25 2024 | २०८१, वैशाख १३ गते

मल्लकालीन उदय ,यसको अर्थव्यवस्था र पतन-

मल्लकालीन उदय ,यसको अर्थव्यवस्था र पतन-

एभरेष्ट हेडलाइन्स
शनिबार, असार १८ २०७९
एभरेष्ट हेडलाइन्स
शनिबार, असार १८ २०७९
  • मल्लकालीन उदय ,यसको अर्थव्यवस्था  र पतन-

    काठमाडौं । नेपालमा मल्ल वंशको सुरुवात १२ औँ शताब्दीमा भएको मानिन्छ । काठमाडौं उपत्यका विभाजन पूर्व मल्ल वंशका प्रथम राजा अरिदेव मल्ल थिए भने अन्तिम राजा यक्ष मल्ल रहेको मानिन्छ। त्यसैगरी काठमाडौं उपत्यका ३ भागमा विभाजन भए पश्चात कान्तिपुरका प्रथम राजा र अन्तिम राजा क्रमश रत्न मल्ल र जयप्रकाश मल्ल रहेका थिए ।

    images

    ललितपुरका प्रथम राजा र अन्तिम राजा क्रमश रण मल्ल र देवनर सिंह मल्ल र भक्तपुरका प्रथम राजा र अन्तिम राजा क्रमश राय मल्ल र रणजित मल्ल थिए । नेपालको इतिहासमा लामो समय मल्ल राजाहरूले राज गरेका थिए भन्ने इतिहासकारहरूले भन्ने गरेका छन् ।

    नेपालका इतिहासकारहरूले नेपालको इतिहासमा प्राचीन कालको अन्त्य र मध्यकालको  वि .स ९३६ सालदेखि सुरु भएको उल्लेख गरेका छन् ।  वि. स. ९३६ देखि वि. स. १८२५ सम्मको समयलाई मध्यकाल भनेर भन्ने गरिएको छ । मध्यकाललाई पनि पूर्वमध्यकाल र उत्तरमध्यकाल गरी दुई भागमा विभाजन गरिएको छ ।

    जयस्थिति मल्लको उदय हुँदासम्मको काललाई पूर्व मध्यकाल मानिएको छ ।त्यसपछि गोर्खाका राजा पृथ्वीनारायण शाहले कान्तिपुर राज्यमाथि विजय प्राप्त गरेको समयसम्मलाई उत्तर मध्यकाल भनिएको छ । पूर्वमध्यकालका शासकहरू दक्ष, इमानदार र शक्तिशाली नभएका कारण देशमा अस्थिरता उत्पन्न भएको थियो। लडाइँ भिडन्त प्राय भइरहन्थे । कहिले भारतको राज्य मिम्रौनगढका शासकहरुले आक्रमण गर्थे भने कहिले पश्चिम खस राज्यका शास हरुले आक्रमण गर्दथे ।

    वि स १४०६ मा बङ्गालका मुस्लिम शासकहरूले  आक्रमण गरी उपत्यकाको जनजीवन नै अस्तव्यस्त बनाएका थिए । राजनीतिक, सामाजिक र आर्थिक अवस्था निकै कमजोर भएको बेलामा राजनीतिक, आर्थिक र सामाजिक दृष्टिले सबल र सक्षम व्यक्तित्व जयस्थिति मल्लको उदय भयो ।

    उनको आगमनले नेपाल पुनः सुदृढ राज्य बन्न सफल भयो ।जयस्थिति मल्ल कसका सन्तान थिए भन्ने रहस्य अहिलेसम्म पनि खुल्न सकेको छैन । धेरै इतिहासकारले उनका बारेमा विभिन्न अड्कलबाजीहरू गरेका छन । ठोस प्रमाणको अभावले गर्दा उनका बाबुआमा यिनै थिए । र उनी यही ठाउँबाट आएका थिए भनी किटान गर्न सकिएको छैन ।

    इतिहासकारहरु मध्ये कसैले उनलाई पश्चिम नेपालमा शासन गरेका खसिया मल्लहरूका सन्तान मानेका छन भने कसैले मिम्रौनगढका कर्णाट बंशका सन्तान मानेका छन । केही इतिहासकारहरूले भने उनलाई काठमाडौं उपत्यकाका पुराना मल्ल शासकवर्गकै सन्तान मानेका छन ।सुरुवात 

    मल्लकालीन अर्थव्यवस्था

    मल्लकालीन समयमा नेपालको अर्थव्यवस्था भूमि र कृषि प्रमुख रहेको थियो ।  साथै व्यापार र उद्योगको पनि त्यत्तिकै महत्व रहेको मानिन्छ । मल्लकालीन नेपालमा उद्योग र व्यापार कत्तिको समृद्ध थियो भन्ने कुरा त्यति बेला नेपाल आएका विदेशी यात्रीहरूले वर्णन गरेका यात्रा विवरणमा खुलाइएको छ ।

    तिब्बतको ल्हासामा नेपाली वाणिज्य दूतवास स्थापना गरिएको थियो । तिब्बतको मुद्राको उत्पादन नेपालमै हुन्थ्यो। तिब्बतको माध्यम हुँदै नेपालबाट पित्तल तथा तामाका भाँडाकुँडा, ढलोटका मूर्ति तथा विभिन्न थरीका कपडा चीनसम्म निर्यात हुन्थे। भारततर्फ पनि नेपालका धातुका सामान, जडीबुटी, छाला, हाडको सामान निर्यात हुन्थ्यो।

    कला संस्कृतिमा मल्लकालीन नेपाल उन्नत थियो भन्ने कुरा त्यति बेला निर्माण भएर काठमाडौं उपत्यकामा हालसम्म अस्तित्वमा रहेका दरबार, ढुंगेधारा र सिँचाइको कुलोले नै प्रमाणित गरेको छ । वास्तुकला मात्र होइन, साहित्यिक विधा कथा, कविता, नाटक, दर्शन आदि क्षेत्रमा मल्लकालीन विद्वान र राजाहरूको महत्वपूर्ण योगदान रहेको थियो भन्ने कुरा इतिहासले बताउँछ ।

    मल्लहरुको पतन

    आपसी विभाजन मल्ल राज्य अहिलेको संघिय संरचना जस्तै तर भाइ भारदारहरुमा मात्र सिमित थियो । युग स्वर्णिम हुँदा हुदै पनि अंसको रुपमा राज्य लिने प्रचलन थियो बाईसे चौविसे राज्य यिनैका प्रान्तिय सरकार थिय तर एक आपसमा बलियो सम्बन्धको अभाव भएर पतन हुन पुगेको थियो ।

    अहिलेको जस्तो सुचना प्रविधिको विकास नभएकोले मल्ल राज्यका प्रान्तिय सरकार र संघिय सरकारको सम्बन्ध धेरै लामो समय टिक्न सकेन । त्यसैले छुट्टा छुट्टै राज्यको रुप जस्तो देखिएको थियो । दरवारिया भित्रै षडेन्त्र रचिन थाले । आफ्नै राज्य कम्जोर बनाउन तल्लिन रहे ।

    बलियो संघिय प्रसासनको अभावका कारण शाह बंशले सजिलै  आक्रमण गरे। तात्कालिन पृथ्विनारायन शाहले गरेको एकिकरणताकाको नेपाल भन्दा मल्ल राज्यको सिमा झन विसाल थियो भन्ने तर्क अर्का थरिले गर्दै आएका छन । किन भने खस साम्राज्यको समग्र महाभारत ईलाका भरिनै यसरि स साना राज्यका रुपमा विभक्त थिए । जुन केन्द्रिय शासक ले भुगोल ठुलो भएकाले सवै राज्यमा नियमन गर्न नसक्दा मःल्लको पतन भएको इतिहासका जानकारहरुले अनुमान गरेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट