images

Apr 25 2024 | २०८१, वैशाख १३ गते

रेमिटेन्स बढ्यो,आर्थिक सूचक बलियो, वैदेशिक मुद्रा संचिति ११ अर्ब ८५ करोड

रेमिटेन्स बढ्यो,आर्थिक सूचक बलियो, वैदेशिक मुद्रा संचिति ११ अर्ब ८५ करोड

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २९ २०८०
  • रेमिटेन्स बढ्यो,आर्थिक सूचक बलियो, वैदेशिक मुद्रा संचिति ११ अर्ब ८५ करोड

    काठमाडौँ ।  रेमिटेन्स अर्थात विप्रेषण भनेको के हो ? हाम्रो जस्तो परनिर्भर अर्थतन्त्र भएको देशमा यसले कस्तो प्रभाव पार्छ?कोरोनाकालपछिका बर्षमा रेमिटेन्स आप्रबाहको तथ्यांक कस्तो छ ?अनि स्वदेशी अर्थतन्त्रको अवस्था कस्तो छ भनेर जाच्ने एउटा प्यारामिटर पनि हो बैदेशिक मुद्रा संचिति।  अनि यो संचितिलाई प्रत्यक्ष प्रभाव पार्ने पक्ष हाम्रोजस्तो देशका लागि रेमिटेन्सनै हो। 

    images

    साधारणतया एकठाउँबाट कमाएको पैसा अर्को भूगोलमा बैधानिक तबरले पैसा पठाउने प्रक्रियानै रेमिटेन्स हो। हाम्रो जस्तो आन्तरिक उत्पादन घट्दै गएको देशमा राष्ट्रको ठुलो आम्दानीको हिस्सा रेमिटेन्स हो।  पछिल्लो समय यसको आप्रबाह बढेता पनि देश भित्रकै आन्तरिक कचिङ्गलको कारण नागरिकको बुझाइ भने फरक छ। 

    अहिले नेपालमा सरकारका जिम्मेवार मंत्री, सांसद, अर्थविद, नीजिक्षेत्रका प्रतिनिधीमुलक संस्थाका जिम्मेवार पदाधिकारी, बैक तथा बित्तिय संस्थाका परिसुचकहरुलाइ विश्लेषण गर्ने निकाय, बित्तिय अवस्थाको बारेमा अनुसन्धान गर्ने रिसर्च संस्थाहरु, नेपाली नागरिकहरु धेरै पक्षहरु छन्। जसले देश डुब्यो ऋणले थिचिए नेपाली, स्वदेशी उत्पादनमुलक उद्योग धराशयी भए ,नागरिक विदेश पलायनको ग्राफ उकालो लाग्यो। बिदेशी सामान आयातमा प्रतिबन्ध तथा कतिमा कोटा प्रणाली लागु एलसीको लागि सिमित डलर सटही तथा भुक्तानी गर्ने बाध्यात्मक अवस्था आयो। भन्नेजस्ता अभिव्यक्ति र टिकाटिप्पणीले भ्रम र यथार्थ ठम्याउन कठिन छ आज हामी, के यथार्थमै हामीले सुने जस्तो अवस्था हो त ? 

    यसै गरि यत्रतत्र सुनिन्छ कि , नेपालमा १२ पास गरेका बिद्यार्थी टिक्नै छोडे, सम्पन्न बिपन्न सबै बर्ग समुदाय, शामदाम दण्डभेद प्रयोग गरेर विदेशिने देखि डिभी भर्नेसम्म सबै बिदेशिन थाले। स्वदेशमा ब्यापार घट्न थाल्यो।  हिजोआज सामाजिक संजाल र आमसंचारको माध्यममा यी र यस्तै खवरले भरिभराउ छन्। के यथार्थमा अवस्था यस्तै हो त ?

    अव केहि उदाहरण हेरौँ २०७७ सालको पुसमा  १२ अर्ब ७७ करोड अमेरिकी डलर पुगेको विदेशी मुद्राको सञ्चिति २०७९ सालको  वैशाखमा आइपुग्दा  ९  अर्ब २७ करोड डलरमा झरेको थियो। जसको कारण गम्भीर भएर सोच्नुपर्ने अवस्था पनि थियो। २०७९ सालकै भाद्रमा आइपुग्दा  विदेशी मुद्राको सञ्चिति  फेरी ९  अर्ब ३४ करोड अमेरिकी डलर मात्रै थियो। डराउनु पनि स्वभाविकै थियो।  

    आयात उच्च  थियो भने  विदेशी मुद्रा आउने ठूलो स्रोत रेमिटेन्सको आप्रबाह कछुवा गतिमै  थियो। जसले गर्दा देशको चालू खाता इतिहासमै सबैभन्दा धेरै घाटामा थियो सरकारी अधिकारी डराउनु स्वभाबिक थियो। 

    कति डराएर कुरा गर्नु फिगरलाइ हेरेर केहि कन्फिडेन्स बढाउने तथ्य हेरौँ  २०७९ भदौपछि  बैदेशिक  मुद्राको सञ्चिति उकालो ग्राफमा छ । रास्ट्रबैंकले असोजको पहिलो साता सार्वजनिक गरेको तथ्याङ्क अनुसार विदेशी मुद्राको सञ्चिति ११ अर्ब ८५ करोड डलर पुगेको छ। यो रकम सञ्चितिले झन्डै ११ महिना सम्म वस्तु र सेवा आयात गर्न  पुग्ने देखिन्छ।  अर्थात्, विदेशी मुद्राको सञ्चितिको अवस्था सुधारको बाटोमा देखिन्छ ।
          

    झन्डै ३ बर्ष पछि सरकारको चालू खाता उकालो ग्राफमा छ।  रेमिटेन्सको आप्रवाहमा झन्डै एकचौथाइले वृद्धि भएको छ। अनि आयात निर्यातको घाटानाफाको मापन गर्ने प्रणाली -शोधनान्तर नाफामा यानेकी बचतमै देखिन्छ । समग्र तथ्याङ्कलाई हेर्दा देशको बाह्य अर्थतन्त्रको अवस्था  चिन्ता गर्नुपर्ने देखिन्न ।

    फेरी हामीलाई लाग्ला यी सूचक सकारात्मक भए किन हाम्रो जीवनयापन र बजारमा वास्तविक उल्टो दृश्य देखिन्छ त ? नेपाली जनता बौलाउने अवस्थामा पुगिसके त ? भनेर सोच्नु पनि स्वाभाविकै हो।यसको लागि देशको आन्तरिक र बैदेशिक आयव्यय हेर्नुपर्ने हुन्छ।  उदाहरणको लागि  बजारमा माग, रोजगारी, आन्तरिक उत्पादनको अवस्था मूल्यवृद्धि, आर्थिक वृद्धिदर जस्ता बिषयलाइ हेर्नुपर्ने हुन्छ। 

    देशको अर्थतन्त्र र आर्थिक वृद्धिदरको अवस्थालाई पनि नहेरी देशको स्वास्थ्यको डायग्नोसिस अर्थात् आर्थिक अवस्थाको पहिचान पूर्ण हुँदैन।  गएको आर्थिक बर्षको ६ महिना पुस मसान्त सम्मको अवस्था खराबनै थियो। बाँकि ६ महिनाको लगभग २ प्रतिशत झिनो वृद्धिदरको कारण आर्थिकमन्दीनै हुनबाट देश बचेको छ। 

     नेपालको प्रमुख विकास साझेदार एशियाली विकास ब्यांक (एडीबी)ले चालू आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ। यो तथ्यांकलाई हेर्दा अचम्म नमाने हुन्छ किनकि एभरेजमा हामीले २ दशक देखिने यो भन्दा माथिको वृद्धिदर देखेकै छैनौ त ?

    अर्थतन्त्रको डायग्नोसिस गर्ने अर्को पक्ष हो मुल्यबृद्धि राष्ट्रबैंकका अनुसार गएको बर्षको भन्दा ८.२६ प्रतिशत बाट घटेर ७.५२  प्रतिशतमा झरेको छ यो तथ्यांक गएको बर्षको श्रावण र यो बर्षको श्रावणमा तुलना गरिको हो। 

    तुलना गर्ने बिषय धेरै छन् आयात, निर्यातले अर्थतन्त्रको सन्तुलनमा ठुलो असर गरेको छ गएको आर्थिक वर्ष २०७८/७९ मा इतिहासमै ठुलो  १९ खर्व माथी आयात गरेर रेकर्ड राख्न हामी सफल भएका छौँ।  

    अव यसै सन्दर्भमा एउटा राम्रो पक्ष बैंक तथा बित्तिय संस्थाको ऋण प्रबाह भदौसम्ममा ४४ अर्ब १५ करोड रुपैयाँले बढेको छ। अघिल्लो वर्षको यही अवधिको  तुलनामा दोब्बरले बढेको हो यो फिगर यसको अर्थ हो अर्थतन्त्र चलायमान हुने बाटोमा छ।  

    नेपाल राष्ट्रबैंकको २०७९/८० को डाटा अनुसार ५३ खर्वको कुल ग्राहस्थ उत्पादनमा  १२ खर्व रेमिटेन्स आएको भन्नाले यो क्षेत्रको योगदान २२.६४ प्रतिशत छ। तर रेमिटेन्सको उत्पादकत्व के मा छ भनेर भएका बिभिन्न रिसर्चका अनुसार घर खर्चमै झन्डै ८० प्रतिशत खर्च हुने गरेको देखिन्छ।

    विदेशको कमाइ राष्ट्रिय उत्पादनमै जोड दिन सकेमात्र नेपाल र नेपालीको  जीवन स्तर उठ्ने देखिन्छ। हुनत अहिले संसारनै सानो भूगोल भएको छ, मान्छेहरु आफूखुशी जहापनि जान्छन तर देशको खराव अवस्थाको कारण बसाइसराइ छिटोछिटो हुनु र पलाएन भएर स्वदेशमा जनशक्ति र रेमिटेन्स  दुवै नआउनु भने नेपालको लागि चिन्ताको बिषय हो। 

    भिडियो पनि :

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट