images

Apr 25 2024 | २०८१, वैशाख १३ गते

माझीहरुको प्राचीन बस्ती कसरी आजको समुन्नत सिङ्गापुर बन्यो ?(भिडियोसहित)

माझीहरुको प्राचीन बस्ती कसरी आजको समुन्नत सिङ्गापुर बन्यो ?(भिडियोसहित)

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ३० २०८०
  • माझीहरुको प्राचीन बस्ती कसरी आजको समुन्नत सिङ्गापुर बन्यो ?(भिडियोसहित)

    काठमाडौँ । २१९ घर भएको माझीहरुको प्राचिन बस्ती कसरी आज यो अबस्थाको समुन्नत सिङ्गापुर बन्न सफल भयो ? कसरी यो देश यति आधुनिक र सम्बृद्ध बन्न सक्यो  बहुजाती,समुदाय  र फरक देशबाट आएकाहरुले  सिङ्गापुरलाइ कसरी यो अवस्थामा ल्याई पुर्याए भनेर हेरियो भने नेपाल र नेपालका शासकबारे बुझ्न हामीलाई कठिन हुने छैन।  

    images

    सिङ्गापुरका आदर्श व्यक्ति लि क्वान यु जसलाई आधुनिक सिंगापुरको ‘संस्थापक पिता’ भनिन्छ, उनले सिङ्गापुरलाइ यहाँ ल्याइपुर्याए र इतिहासमा भगवान समान स्थान बनाएर गए।  के नेपालमा यस्तो सम्भावना छदै छैन त ? 

    हामीले सिङ्गापुरबाट धेरै अनुभव लिन  सक्छौँ।  थोरबहुत अनुसरण डा.बाबुराम भट्टराई अर्थमन्त्री हुँदा  गरे जस्तो लाग्छ उनको पालामा लगानी बोर्डको गठन, सामाजिक सुरक्षा कोषको शुरुवात र बाग्मती किनारबाट सुकुम्बासी हटाई टोखामा सुकुम्बासी कोलोनी निर्माण सम्भवतः सिंगापुर मोडेलनै थिए। पछि अरु कसैले यो लि क्वान यु मोडल फलो गरे जस्तो देखिएन। 

    लि क्वान युले सन् १९५४ मा पिपल्स याक्सन पार्टी (पाप)खोलेपछि सिङ्गापुरको नयाँ इतिहास कोरिन थालेको हो। १९५९ मा पहिलोपटक प्रधानमन्त्री बनेपछि निरन्तर १९९० सम्म सत्ताकै वरिपरी बसेर सिंगापुरको कमाण्डर बनिरहे। जवसम्म सिङ्गापुर एउटा सम्पन्न देशको रुपमा उदाउन सकेन उनको यात्रा रोकिएन। 

    एउटा सत्तामा बस्ने शासक कति जिम्मेवार हुन्छ उसले चाह्यो भने देशको लागि के गर्न सक्तैन भनेर लि लाइनै हेरे पुग्छ।  उनको जीवनीमा आधारित आत्मकथा  विश्व  बजारमा ‘वेष्टसेलर’ ‘फ्रम थर्ड वर्ल्ड टु फष्ट : द सिंगापुर स्टोरी : १९६५-२००० अतिनै रुचाइएको पुस्तक बन्न सफल भयो। 

    किन यो पुस्तक यति धेरैले  मन पराए त संसारका मान्छेको, जिज्ञासा उठ्नु स्वाभाविकै हो विश्वका उदयीमान अर्थतन्त्र भएका देशको मोडेल भन्दा यो मोडेल अल्लि पृथक छ। जतिबेला उनि सत्तामा पुगे त्यतिबेलाको सिङ्गापुरको कमान्ड फलामको च्युरा चपाउनु जस्तै थियो। मलेसियाबाट लखेटिएका मलेहरू एउटा स्वभावका थिए, दक्षिण चीनबाट आएका स्वयं लि लगायतहरुको स्वभाब फरक थियो। अनि भारतीय मुलक तामिलहरु भने अल्लि सिधा थिए अरे काम गरेर खान पाउनुपर्ने बाहेक उनीहरुको अरु सोच थिएन अरे।  

    अनि आदिबासीहरु भने धेरै कम अर्थात् माइनोरिटीमै रहेछन। बिभिन्न धर्म,भूगोल र सम्प्रादायबाट आएका मान्छेहरुलाई मिलाउन चुनौतीपूर्ण थियो। फरक फरक धर्म अर्थात् हिन्दु, बुद्धिस्ट र मुस्लिम धर्म मान्नेहरु थिए।

    उनि चिनिया मुलका भएका कारण ब्रिटिश प्रभाव रहेको सिङ्गापुरमा ब्रिटिश र अमेरिकनहरूसंगको सन्तुलित सम्बन्ध कायम राख्नु अर्को ठूलो चुनौती थियो। त्यतिबेला पनि ब्रिटिश र अमेरिकाले चीनलाइ हेर्ने नजर राम्रो थिएन।
     
    पेशाले वकिल भएका कारण लिक्वान युलाइ केहि अनुभब बढीनै भएको हुनुपर्छ उनको पढाईले पनि काम गरेको अनुमान धेरैले गरेका छन्।  

    उनि सफल हुनुको यो थियो कि, उनि, कसरी चिजहरुलाई बढी कामकाजी बनाउने भनेर सोच्दथे , अनि त्यसलाई अझ राम्रो कसरी बनाउने भनेर निरन्तर अध्ययन गर्थे  , उनि कहिल्यै कुनै सिद्धान्तको बन्दी बनेनन्। कारण र यथार्थहरुलाईनै मार्गदर्शक माने, सिद्धान्तलाई वास्ता गरेनन। उनको आफ्नै जजमेन्ट गर्ने तरिका थियो। कुनै पनि सिद्धान्त, योजना वा सोचले राम्रो काम गर्छ, गर्दैन भनेर तुरुन्त जाँच गर्थें, यदि कुनै सिद्धान्त, योजना वा सोचले राम्रो काम गर्दैन वा कमजोर परिणाम दिन्छ भन्ने लाग्यो भने त्यस्तोमा  समय र स्रोतको बर्बादी गर्दैनथे। जसको कारण  बेलैमा ठुलो साधन, स्रोत र समयको बचत हुन्थ्यो।  
      
    उनको एउटा लाइन नेपाली राजनीतिको सन्दर्भमा अतिनै तुलना गर्न लायक छ।  
    असल सरकार हुन असल व्यक्तिहरुको समूह चाहिन्छ । लीको  यो भनाइ हाम्रो सन्दर्भमा भने  ठिक उल्टो छ। हाम्रो सन्दर्भमा त एउटा न एउटा दलको झन्डा बोकेन भने त्यो नागरिकनै होइन भन्ने जस्तो चेतना छ। तर लि को बुझाइमा कुनै पनि राष्ट्र निर्माणको बनिबनाउ मोडेल हुँदैन । त्यो अरु कसैले सिकाउन सक्दैन । स्वयं त्यो देशका जनता वा नीति निर्माताले आफैले पत्ता लगाउन सक्नु पर्दछ भन्ने उनको बुझाइ थियो, र उनले ‘सिंगापुर समावेशिता’ को मोडेल निर्माण गरे ।

    त्यतिबेला सिंगापुरमा कुल जनसंख्याको करिब ७५ प्रतिशत चिनियाँहरु थिए , बाहुल्यता चिनियाहरूको भएको कारण मलेहरू पनि माइनोरिटीमै थिए उनीहरुलाई चिनियाँहरुले आफ्नो अस्तित्वनै सकाइदिन्छन भन्ने डर थियो हिजो मलेसियाबाट खेदिएका हुनाले पुन: सिङ्गापुर देशनै मलेसियामा गाभिदिए हुन्थ्यो भन्ने थियो। यी सबै मनोभावनालाई जोड्न ली सफल भए अर्काको सह अस्तिव स्वीकार गर्न नसक्नुनै अहिलेको भौतिकबादीहरुको समस्या हो।  

    बिस्तारै बिस्तारै उनले मले, तमिल र अन्य समुदायको मन जित्न सफल भए । स्वतन्त्र सिंगापुरमा सबैको साझा भविष्य सम्भव छ भनेर प्रत्याभूत गर्नु पाप पार्टी र लि क्वान युको मुख्य चुनौति थियो । उनले मेन्डरिन, मले, तमिल र  अंग्रेजी ४ भाषालाई सरकारी कामकाजको भाषा बनाए । स्कुल कलेजमा अंग्रेजी अनिवार्य र मेन्डरिन, मले र तमिल सम्बन्धित समुदायका लागि अनिवार्य र अरु समुदायका ऐच्छिक भाषा बनाइयो ।  

    भर्खरै मलेसियाले निर्दयतापूर्वक सिंगापुरलाई मले संघबाट बाहिर खेदेको थियो भियतनाम युद्ध संघारमै थियो । तेस्रो-वेलायती सेना सिंगापुरमा छँदै थियो । कम्युनिष्ट चीनसँग नजिक हुने वित्तिकै बेलायत सिंगापुर छोड्न तयार हुँदैनथ्यो । चीन हिन्दचीन क्षेत्रका सशस्त्र कम्युनिष्ट समूहलाई भित्रभित्रै सहयोग गर्दै थियो । अमेरिका त्यसलाई रोक्न चाहन्थ्यो । 

    यस्तो बेला लि क्वान यूले  बेलायती सेनालाई फकाएर फिर्ता पठाए । तर, बेलायतसँग सन्तुलित सम्बन्ध कायमै राखे । रुष्ट छिमेकी इन्डोनेशियालाई फकाएर मित्र बनाए । चीनप्रति न्युट्रल सम्बन्ध बनाए । सिंगापुर सेना निर्माणमा इजरायलको सहयोग लिए । भारत र रुसको पनि बिश्वास जिते जतिबेला भारत त रोजीरोटीकै संघर्षमै थियो। उनले अमेरिकी लगानी आक्रामक रुपममा भित्र्याए। बिस्तारै सिंगापुरले आफुलाई बिजनेस हबको रुपमा स्थापित गर्न थाल्यो। 

    उनि यतिमै चुप लागेर बसेनन् , दक्ष र स्वास्थ्य जनशक्ति निर्माण गरे। त्यसका लागि शिक्षा र स्वास्थ्य सेवा व्यवस्थित गरे, लिले हाउजिङ एण्ड डेभलपमेन्ट बोर्ड (HDB) र केन्द्रीय संचय कोष (CP)  को अवधारणा लागू गराए।

    आवासको लागि शहरी महंगो जमिन वा घरभाडा तिर्न गार्हो हुने हुनाले व्यवस्थित अपार्टमेन्ट वा कोलनीहरु बनाउने र सस्तो किस्तावन्दी विधिमा उपलब्ध गराउने  निर्णय गरे।  त्यसपछि रोजगार व्यवस्थित गराए।  

    हरेक नागरिकको ज्यालाको न्यूनतम् ५ प्रतिशत रकम  पेन्सन फन्ड बनाए। धेरै राम्रो काम उनले गरे सबै हामीले उठान गर्न सकेनौ यद्दपी हाम्रा शासकलाई पनि केहि प्रेरणा त मिल्न पर्ने हो एउटा नेता कस्तो हुनुपर्छ ? चाहे के मात्रै गर्न सक्तैन एउटा व्यक्तिले भनेर।  

    लि क्वान युलाई हामीले सम्झनु पर्नाको कारण दक्षिण पुर्बी एसियाली देश अर्काको उपनिवेश बनेको देश कतैबाट खेदिएर आएका, कतैबाट बसाइ आएका, फरक धर्म सम्प्रदायबाट आएकाहरुले आज देश कहाँबाट कहाँ पुर्याए हामी बिरासतको, इतिहासको, सार्वभौमिकताको कथा अलाप्नेहरु आज कहाँ छौ ? हाम्रो देशको सम्वृद्धि कहिले आउला त ?

    भिडियो पनि:

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट