Jan 15 2025 | २०८१, माघ २ गते

images
images

चाइना रसिया-ध्रुवीकरणको यथार्थ के गर्दैछन् पश्चिमेली देशहरू?

चाइना रसिया-ध्रुवीकरणको यथार्थ के गर्दैछन् पश्चिमेली देशहरू?

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १५ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १५ २०८०
  • चाइना रसिया-ध्रुवीकरणको यथार्थ के गर्दैछन् पश्चिमेली देशहरू?

    काठमाडौँ । बिस्वका शक्तिशाली राष्ट्रहरुको आफ्नो स्वार्थ आनुकुलको अलाइन्स छदैछ कसैको भौगोलिक, कसैको सास्कृतिक, कसैको व्यापारिक कसैको सैन्य स्वार्थ अनुरुपका अलाइन्स छदैछ जुन हामीलाई थाहै छ।
    पछिल्लो समय रसिया र चीन सम्बन्ध धेरैको चासो हो। यो बिषयका जानकारहरु भन्छन यी दुवै देशको भू-राजनैतिक र आर्थिक परिबेशनै अलाइन्सको आधार हो। 

    images
    images
    images

    जुनसुकै परिबेशमा आफ्नो उपस्थितिका बीच रसिया र चाइना दुइ देश बिचको साझेदारीलाइ दुवै देशका जिम्मेबार अधिकारीले स्पष्ट पार्नुनै यी दुइ देश एकअर्का प्रति कति प्रतिबद्द छन् भनेर सजिलै बुझ्न सकिन्छ।  
    करिब २ वर्ष अगाडि अमेरिकी टेलिभिजन च्यानल एनबिसीलाइ अन्तर्वार्ता दिदै पुटिनले  भने चीन र अमेरिकासँगको रुसको सम्बन्ध अल्लि फरक छ।  ‘चीन रुससँग मित्रवत् सम्बन्ध छ । उसले हामीलाई अमेरिकाले जस्तो शत्रु घोषणा गरेको छैन।’ 

    पुटिनको अन्तर्वार्ता पछि  बेइजिङले पनि मस्कोसँगको द्विपक्षीय सहकार्य निकै उच्च रहेको प्रतिक्रिया दियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र रुसको सम्बन्धको ‘सीमा आकाश मात्र’ भएको घोषणा गरे पनि गरे। चिनिया  विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने  ‘चीन र रुस पहाडजस्तै एक छन् र हाम्रो मित्रता टुट्न सक्दैन,’।

    पश्चिमी राष्ट्रहरुसँग सम्बन्ध राम्रो हुन् नसकिरहेका बेला रसियाले चाइनासंगको सम्बन्धलाई मजबुत बनाएको थियो । आर्थिक प्रतिबन्धले अर्थतन्त्र धराशयी हुने अवस्थामा रहेको  रसियालाई चाइनाले हात थामी दिएको गुनले होला रसिया त्यहाँ उपरान्त चाइनासंग मजबुत सम्बन्ध रहेको पश्चिमा देशहरुलाई देखाउन चाहन्छ।
     
    सन् २०१४ मा रसियाले युक्रेनबाट क्रिमिया कब्जा गरेपछि पश्चिमी मुलुकले रसिया माथि आर्थिक प्रतिबन्ध लगाए । यद्दपी रसिया युक्रेन युद्द अझै टुंगिएको छैन। जहाँसम्म चाइनाको कुरा छ, अमेरिकासँग हरेक विषयमा विवाद बढ्दै गएको सन्दर्भमा बेइजिङका लागि पनि मस्को एउटा उदाहरण पेश गर्न सफल भएका छन्।

    असहज परिथितिलाइ आर्थिक कुटिलताले यी दुइ देशले लाभ मात्र होइन एउटा उदाहरणनै पेश गरे सन् २०१८ मा १ खर्ब डलर बढीको ब्यापार आदानप्रदान गरे। खरायो गतिमा उफ्रेको ब्यापारलाइ यी दुइ देशले सन् २०२४ सम्ममा दोब्बर पुर्याउने घोषणा गरेका छन्।

    बढी लाभको उदेश्यमा उर्जा र हतियारको सरोकार प्रमुख  छन्। चाइनाले रसियाको प्राकृतिक ग्यास निर्यातका लागि चार खर्व डलरको सम्झौता गरेको छ । दुइ देशको  सहकार्यमा चाइनामा कैयौँ आणविक संयन्त्र बन्दै छन्।
    सन् २०१४ देखि २०१८ बीचमा चाइनाले  ७० प्रतिशत हतियार रसियाबाट आयात गरेको  थियो । कूटनीतिक मोर्चामा बेइजिङ र मस्कोले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक–अर्काको पक्ष लिने गरेका छन्।

    यी दुई राष्ट्रले ऐक्यबद्ध भएर अमेरिका र उसका मित्रराष्ट्रले सुरक्षा परिषदमा  दर्ता गरेका केही महत्वपूर्ण प्रस्ताव निस्प्रभाबी बनाएका छन् । पछिल्लो समय सिरिया युद्ध र अन्य मानवअधिकार उल्लंघनका घटना विरुद्धको सहकार्यले यो प्रस्ट  हुन्छ। बाइडेनले सत्ता सम्हालेदेखि रसिया –चाइना बीचको रणनीतिक सम्बन्ध झन् झन् बलियो बनेको बुझ्न कठिन् छैन। 

    बाइडेनले अमेरिकाको सत्ता सम्हालेपछि यी दुइ देशलाई हेर्ने दृस्टीकोण(शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको सबैभन्दा ठूलो खतरा हो भन्दै आएको छ।

    जी–७ को सम्मेलनमा उठान हुने एउटा बिषय रसिया र चाइनाको अधिनायकवादी क्रियाकलापविरुद्ध कस्तो प्रतिक्रिया दिने भन्ने थियो । जी–७ बैठकमा आफूहरूको आलोचना भएपछि मस्को र बेइजिङले थप एकता देखाउने प्रयास गरे ।

    तत्कालिन चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार ‘रसिया र चाइना बीच फाटो ल्याउने सम्पूर्ण बल लगाइरहेकाहरूले ख्याल गरून्, रसिया र चाइना बीचको सम्बन्ध कमजोर बनाउने हरेक प्रयास असफल हुनेछ,’ । तर, एक–अर्कासँगको घनिष्ठता देखाउने प्रयासका बाबजुद पनि रसिया र चाइनाबीच भविष्यमा टकराव उत्पन्न हुने सम्भावना पनि छन् ।

    यसै सन्दर्भमा अझै सम्बन्धकै कुरा गर्ने हो भने जी २० समिटमा रसिया र चाइना संगै अनुपस्थित रहनुले पनि पश्चिमा रास्ट्रहरुले हेर्नेदृस्टीकोण उस्तै रहने निश्चित छ। 

    अल्लि अगाडि फर्केर हेर्ने हो भने यी दुइ देशको सम्बन्ध व्यापारिक स्वार्थनै हो। सन् १९५० देखि १९६० को दशकमा दुई कम्युनिस्ट मुलुक रसिया र चाइनाबीच तनाव सिर्जना भयो । जुन  तनावले पछिसम्म दुवै देशबीच गहिरो अविश्वास, बैचारिक विभेद,विवाद र सीमा विवाद समेत निम्त्याएको थियो ।

    अहिले त झन् दुई देशबीच न त कुनै साझा आधारभूत मूल्य तथा विचारधारा छ, न कुनै औपचारिक सैन्य गठबन्धन नै छ । यी भिन्नताका बाबजुद दुवै देशले यो सम्बन्धलाई कति मजबुत र दिगो बनाउलान् भन्नेमा शंका छ भन्छन अन्तरास्ट्रिय सम्बन्ध मामिलाका जानकारहरु। 

    अझै अलाइन्सको कुरा गर्ने हो भने त अहिले कोरिया सहित एन्टी अमेरिकी, युरोपेली लगायत विश्वको धेरै देशहरुनै अमेरिकी र युरोपेली फेभरमा अलाइन्समा विभाजित हुने शृंखला बढ्दो छ।

    जसले आफ्नो छुट्टै अस्तित्व भएका देशहरु समेत दबाबमा परेका छन् कुनै न कुनै शक्ति राष्ट्रले पेल्ने, अघोषित आर्थिक नाकाबन्दी गर्ने, घेराबन्दीमा पार्ने जस्तो व्यवहारले साना रास्ट्रको आत्मनिर्भर अर्थतन्त्र धराशयी बन्ने खतरा छ। विश्वको श्रम बजार, साना तथा बिपन्न देशलाई दिने आर्थिक सहयोग,अनुदान तथा ऋणमा समेत शक्ति राष्ट्रहरुले आफ्नो अनुकुलको रणनीति बनाइदिदा साना तर आर्थिक रुपमा कमजोर देशको भबिष्य साचिकै चिन्ताको बिषय हो भन्छन बिज्ञहरु।

    भिडियो पनि:

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार