images

Apr 25 2024 | २०८१, वैशाख १३ गते

बालेनको उदयसंगै ब्यवस्थित बन्यो नयाँ ल्यान्डफिल्ड - बन्चरेडाँडा (भिडियोसहित)

बालेनको उदयसंगै ब्यवस्थित बन्यो नयाँ ल्यान्डफिल्ड - बन्चरेडाँडा (भिडियोसहित)

अहिले बन्चरेडाडा ल्याण्डफिल्डमा पुग्दा जे देखिन्छ निकै व्यस्थित देखिन्छ पासाङ्गल्याह्मु राजमार्गबाट बन्चरेडाडा सम्मको बाटो बनिसकेको पूर्वाधार, व्यवस्थित कार्यालय, अनि गाडी फर्कदा सफा गर्ने स्थान झट्ट हेर्दा सामान्य लागे पनि यो धेरैनै राम्रो देखिएको छ। एकातिर ठुलो वाल लगाइएको जहा माथी झट्ट हेर्दा नेपालको कुनै पहाडी जिल्लाको बिमानस्थल जस्तो देखिन्छ। दुइ तीन सय कामदार काम गरिरहेका देखिन्छन आवश्यक पर्दा काठमाडौँ महानगरले थपघट गर्ने गर्दो रहेछ।  

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
  • बालेनको उदयसंगै ब्यवस्थित बन्यो नयाँ ल्यान्डफिल्ड - बन्चरेडाँडा (भिडियोसहित)

    काठमाडौँ । काठमाडौँ उपत्यकाको १८ वटै स्थानीय तहबाट निस्कने फोहर व्यस्थापन सधै फोहरी राजनीतिको मुद्दा बन्ने गरेको छ। नुवाकोटको ककनी नगरपालिका स्थित सानो भूगोलको सिमित क्षेत्रको  सिसडोलले झन्डै डेढ दशक यो भब्य शहरको फोहर कसरी थेग्यो होला ? २०६२ सालमा मात्र २ बर्षको लागि भनेर व्यवस्थापन गर्न थलिएको फोहरलाई डेढ दशकसम्म निरन्तरता दिँदा स्वास्थ्य,पर्यावरण,सडकको अवस्था,सडक दुर्घटना लगायत धेरै मुद्धा छन्, स्थानीय देखि काठमाडौँ उपत्यका सम्मका,यसको पछाडिको कहानी दर्दानाक छ। अव पृष्ठभूमि छोडेर अहिलेको अवस्थाको कुरा गरौँ   ,

    images

    मिति २०७९ जेष्ठ १२ गते जव स्वतन्त्र झण्डा बोकेका ३२ बर्षे युवा नेपालकै ठूलो महानगर काठमाडौँ महानगर पालिका हाक्न निर्वाचित भएर आए, एकथरी दूषित मानसिकता भएका राजनितिज्ञहरुको भोकनिद्रा हरायो,कारण थियो बर्सौदेखि चुनाव जित्न संघीय सरकार र स्थानीय तहमा यहि फोहरको मुद्दा बोकेर आफु देखावटी लोकप्रिय बन्ने सस्कारको अन्त्य थियो। तर कोहि दूषित मानसिकता बोकेका राजनीतिज्ञहरु भित्र भित्रै खुशी पनि थिए। 
    कारण थियो पहिलो पटक महानगरमा स्वतन्त्र राजनीतिमा उदाएको केटो एक त अनुभबकै कारण सिद्धिन्छ, यदि सिद्धिएन भने पनि  यहि फोहरको खेलले सिध्याउनु पर्छ भनेर लगभग ठूलो भनिएको राजनीतिक दलका नेता समेत राज्य सत्ताको दूरुपयोग गरि बालेनलाइ असफल बनाउन लागिपरे।

    हाम्रो राजनीतिक चेतनाको स्तर त् हामी सबैलाई थाहै छ। स्थानीय तहको वडासम्म पार्टीको झन्डा बोक्ने र तिनै पार्टीको नेताको दुर्गन्ध पनि सुगन्धको धुप मानेर आरती गर्ने जमात ठुलो छ। नुवाकोटको सिसडोल र धादिंगको बन्चरे डाडा पनि यहि नियतीको शिकार बनेको थियो। स्थानीयलाई अनाबश्यक सपना बाडेर २ बर्ष भनेको ल्याण्डफिल्ड डेढदशक लम्बाइएको थियो।

    यो बीचमा सिसडोलले धेरैलाई मंत्री,सभासद,मेयर,उपमेयर,लगायत धेरै कार्यकारी जन्मायो तर दूर्भाग्य आफ्नो मूहार फेर्न सकेन, कल कल बग्ने कोल्पुखोला,नागर्जुन पछाडिको सौन्दर्यता ककनीको काखको पर्यावरण, धादिंगको धुनिबेशी जहाँको जैविक बिबिधता धेरैलाई थाहै छ उखुको पकेट क्षेत्र पनि हो। कहिलेकाहिँ त यी प्रकृतिले पनि कति नराम्रो मानेका होलान ति जिवाजिवात्मा र मनुष्यले कस्तो श्वास फेर्दा हुन रु मनमा यी जिज्ञासा उठ्नु स्वाभाविकै हो।

    यो पृष्ठभूमिको नजिकै पुगेपछि हाम्रो मनमा उठ्ने अन्य प्रश्न हुन् ? काठमाडौँ उपत्यकाको फोहरको टाउको किन काठमाडौँ महानगरलाई मात्र दुख्छ अनि उसो भए यो समस्याको दिर्घकालिन समाधान आयो त ? यदि आयो भने कुन मोडालिटीमा आयो त नयाँ ल्यान्डफिल्ड साइट कस्तो छ ?

    बन्चरे डाँडा ल्यान्डफिल्ड साइट १७ सय रोपनीमा फैलिएको छ जहाँ २० बर्ष सम्म फोहर व्यवस्थापन गर्न सकिनेछ।  र अहिले चुस्त व्यवस्थापनमा यो संचालित छ। गरे के हुदैन डेढ दशकमा २ वर्ष जवर्जस्ती बस्दा पनि  समाधान नपाएको ल्याण्डफिल्डले डेढ बर्षमा २० बर्षको लागि एउटा राम्रो बिकल्प दिनसक्नु चानचुने सफलता होइन। उपत्यकाको फोहर व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको काठमाडौँ महानगरको यो ठुलो सफलता मान्न सकिन्छ। 

    अहिले बन्चरेडाडा ल्याण्डफिल्डमा पुग्दा जे देखिन्छ निकै व्यस्थित देखिन्छ पासाङ्गल्याह्मु राजमार्गबाट बन्चरेडाडा सम्मको बाटो बनिसकेको पूर्वाधार, व्यवस्थित कार्यालय, अनि गाडी फर्कदा सफा गर्ने स्थान झट्ट हेर्दा सामान्य लागे पनि यो धेरैनै राम्रो देखिएको छ। एकातिर ठुलो वाल लगाइएको जहा माथी झट्ट हेर्दा नेपालको कुनै पहाडी जिल्लाको बिमानस्थल जस्तो देखिन्छ। दुइ तीन सय कामदार काम गरिरहेका देखिन्छन आवश्यक पर्दा काठमाडौँ महानगरले थपघट गर्ने गर्दो रहेछ।  

    फोहरको बर्गीकरण नगरी काठमाडौँबाट भित्रिएको फोहरका कारण यातिठुलो जनशक्ति फोहर छुट्टाऊन खटाउनु परेको रहेछ। माथिल्लो समथर ठाउँमा  थुपरिएको फोहरलाई बर्गिकरण गरिरहदै तलपट्टी पिधको लिचड संकलन गर्न ठूलो ठूलो पोखरी बनाइएको छ जुन लिचडलाइ बारम्बार मोटरले तान्ने फाल्ने गरि रिसाइकल गर्ने रहेछ। कोल्पुखोलामा सिधा लिचड मिसाइएको छैन। अर्को कुरा दुर्गन्ध फैलन नदिन फोहरमा पर्याप्त जैविक बिषादी प्रायोग गरि डिस इन्फेंक्ट गरेको देखिन्छ। विश्वका कतिपय देशमा फोहर व्यवस्थापन मानवरहित प्रबिधि प्रयोग देखिन्छ। तर पुरानो ल्यान्फ़िल्ड  सिसडोलमा अव्यस्थित बिसर्जन गरिएको फोहरको कारण अहिले पनि फोहरको पहाड भित्र प्लास्टिकको मात्रा धेरै रहेको देखिन्छ जुन बाताबरणीय हिसाबले अनुत्पादक हुन् सक्छ।  साथै पुरानो पहाड भनेको ठाउँबाट अहिले पनि निरन्तर लिचड निस्किरहेको छ जसको उचित व्यवस्थापन गरिएको रहेनछ।  

    फोहर बिसर्जन गरि फर्केका गाडीलाई पुनस् सिसडोलमा वास गर्ने व्यवस्था गरिएको छ।  एक हिसाबले भन्दा बिगतको भन्दा १०० औ गुणा ब्यवास्थित भएको छ। नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, ककनी नगरपालिका र धुनिबेशी नगरपालिकाको समन्वय बिगतमा जे भयो भयो अहिले राम्रो भएको छ भन्छन स्थानीय।  बाटो सफा छ प्रायजसो खण्ड पिच गरिएको छ स्थानीय सुधार समितीसंग समन्वय गरिएको छ। 
    बरु उपत्यकाका १८ वटा नगरपालिकाको मेयर र उपमेयरहरुको बुढानिलकण्ठ आयोजित मेयर्स फोरममा अध्यक्षता गरेका ललितपुर महानगरका मेयर चिरिबाबू महर्जन र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह बीच केहि मुद्दामा असहमति वढेको खवर आयो जहाँबाट मेयर शाह उठेर हिडे भनियो,बिगतमा कपन खोला उत्खनन गर्दा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र शाह बिचको तिक्तता बढेको थियो जसको कारण अहिले उनले बालेनको आलोचना गरि चिरिबाबुको पक्षपोषण गरे भन्ने जस्ता समाचार आम संचारमा छाएका छन मुख्य कुरोको छोरो भने ओझेल पारिएको छ। 

    काठमाडौँ उपत्यकाको फोहोर एकीकृत रुपमा व्यवस्थापन गर्न हिमालयन बैंकका पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठको कम्पनी नेपवेष्टलाई दिने तयारी भएको रहेछ,उक्त निर्णयको लागि मेयर्स फोरमको बैठकमा एजेन्डा तय भएकाले मेयर शाहले आपत्ति जनाएपछि उल्टै आलोचना भएको रहेछ ।जबकि मेयर फोरमको सोभन्दा अगाडिको बैठकलेनै फोहोर व्यवस्थापनको जिम्मा नेपवेष्टलाई नदिने निर्णय गरिसकेको थियो । यद्दपी मेयर्स फोरम कुनै पनि निकायलाई ठेक्का दिने कि नदिने भन्ने जस्ता नीतिगत निर्णय गर्ने बैधानिक संयन्त्र भने होइन।  पुर्व तयारी सहित मेयर्स फोरमको ईच्छा अनुसार फोहोर व्यवस्थापनको जिम्मा दिइएको भए करिब २ अर्ब रुपैयाँ थप लागत बढ्ने रहेछ। पुर्व निर्धारित लागत अनुसार ४ अर्व ४० करोड लाग्ने थियो भनिन्छ। कसको स्वार्थमा यस्तो हुदैछ बुझ्न कठिन छैन।  

    स्मरणीय छ नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी लगानी वोर्डको प्रमुख कार्यकारी अधिकृत हुँदा छानेको कम्पनी नेपवेष्ट हो । जतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए जसलाई कुन स्वार्थले हो कुन्नि कांग्रेसले पनि साथ् दिएको थियो। 

    तत्कालिन काठमाडौँका मेयर शाक्य र उपमेयर खड्गीको जोडबलमा नेपवेष्टलाई फोहोर उठाउन दिने निर्णय गराउन २०७८ को सुरुतिर निकै चलखेल भएको थियो । त्यतिबेला नेपवेष्टले प्रतिपरिवार ३०० रुपैयाँ लिएर काठमाडौँ महानगरपालिका र आसपासका १३ नगरपालिकाको फोहोर उठाउने भनिएको थियो । काठमाडौँ महानगरले यसअघि गराएको एक अध्ययनले २ अर्ब रुपैयाँमा फोहोर व्यवस्थापन हुने भनिएको थियो । कम्तिमा केहि बुझेकाहरुले भनेका छन बालेंद्रको दुरदर्शिताको कारण २ अर्ब ६८ करोडको खेल रोकिने भएको छ। 

    उपत्यकाको फोहर व्यवस्थापन यति ठुलो राजनीति भयो कि , एउटा व्यक्तिको पछाडि सिंगो सिंहदरबार, ठूलो ठूलो पार्टीको संयन्त्र अदालत सम्म पुग्छ। नागरिकको चेतनालाई अवमूल्यन गर्छ भने परिणाम आफै भोग्नेछन कम्तिमा राम्रो कामलाई राम्रो भनेर मनोबल बढाइदिए हुने नि भन्छन नगरबासीहरु।  गरे के हुदैन र एशियाकै फोहर व्यवस्थापनको नमुना भारत, जापान, सिंगापुर हेरे पुग्छ, फोहर आफैमा मोहर हो ९० प्रतिशत रिसाइकल हुन्छ, जैविक मल, बिधुत, प्लास्टिकजन्य र धातु सबै काम लाग्छन बस दुरदृस्टी हुनुपर्यो। फोहर माथिको फोहरी खेल सधैको लागि बन्द हुनुपर्यो अनि मात्र उपत्यकाबासी जनता र नेता सबै स्वस्थ हुन् सक्छन कि ?

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट