Feb 20 2025 | २०८१, फागुन ८ गते

images
images

सरकारले उद्योगको लाइन काटिदिएपछि बढ्यो डण्डीको मूल्य

सरकारले उद्योगको लाइन काटिदिएपछि बढ्यो डण्डीको मूल्य

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १५ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १५ २०८०
  • सरकारले उद्योगको लाइन काटिदिएपछि बढ्यो डण्डीको मूल्य

    काठमाडौँ । सरकारले विद्युतको बक्यौता बाँकी रहेको भन्दै केही उद्योगको बिजुलीको लाइन काटिदिएको छ। लाइन काटिएपछि धेरैजसो उद्योगले उत्पादन रोकेका छन्। बजारमा सामान उत्पादन भएपछि मूल्य बढेको छ। 

    images
    images
    images

    बजारमा डण्डीको मूल्य प्रतिकिलो ५ देखि ६ रूपैयाँले बढेको छ। १० दिनमै डण्डीको मूल्य प्रतिकिलो ६ रूपैयाँसम्मले बढेको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंले जानकारी दिएको छ।  

    हाल बजारमा डण्डी प्रतिकिलो ९८ देखि ९९ रूपैयाँमा बिक्री भइरहेको छ। यसअघि भने प्रतिकिलो ९२ देखि ९३ रूपैयाँमा बिक्री भइरहेको थियो। 

    संघका अनुसार उद्योगीले केही समयअघि सिमेन्टको मूल्य पनि प्रतिबोरा एक सय रूपैयाँले बढाएका थिए। तर, व्यवसायीले बढेको मूल्यमा सिमेन्ट खरिद नगरेपछि उद्योगीले मूल्य घटाएका छन्।  हाल बजारमा सिमेन्टको मूल्य प्रतिबोरा ६ सय ५० देखि ७ सय ५० रूपैयाँ छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार