images

Jul 27 2024 | २०८१, साउन १२ गते

उत्तर पश्चिम पाकिस्तानमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १४ व्यक्ति घाइते

उत्तर पश्चिम पाकिस्तानमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १४ व्यक्ति घाइते

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
  • उत्तर पश्चिम पाकिस्तानमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १४ व्यक्ति घाइते

    काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको छ । प्रहरीको गाडी नजिकै भएको विस्पोटमा पाँच प्रहरीसहित छ जनाको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको प्रहरीले जनाएको छ  ।

    images

    बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी विष्फोटक पदार्थ बिछ्याइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई लक्षित गरी विस्पोट गरिएको प्रहरीले जनाएको छ ।

    घटना लगत्तै, उद्धार टोली तथा प्रहरी यस क्षेत्रमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये धेरैको आवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार