६ महिनामा १५ अर्बका १० लाख स्मार्टफोन भित्र्याइयो
६ महिनामा १५ अर्बका १० लाख स्मार्टफोन भित्र्याइयो
![](https://www.everestheadlines.com/storage/favicon.png)
![](https://www.everestheadlines.com/storage/favicon.png)
![६ महिनामा १५ अर्बका १० लाख स्मार्टफोन भित्र्याइयो](https://www.everestheadlines.com/media-file/images/2024/01/1705820653-6NeNz.jpg)
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा १५ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन नेपाल भित्र्याइएको छ । भन्सार विभागको तथ्यांकानुसार ६ महिनामा १० लाख १५ हजार २८६ स्मार्टफोन भित्र्याइएको हो ।
यी फोनको मूल्य १५ अर्ब पाँच करोड २७ लाख रुपैयाँ छ । यसबापत सरकारले दुई अर्ब ८० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा १३ अर्ब रुपैयाँभन्दा बढीका आठ लाख ९५ हजार ५७० स्मार्टफोन आयात गरिएको थियो । त्यसबापत सरकारले दुई अर्ब ४२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो ।