images

Jul 27 2024 | २०८१, साउन १२ गते

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २१ २०८०
  • घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

    images

    महासंघका अनुसार आइतबार  छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी  तोलामा २० रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १४१५ रुपैयाँ कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार