images

Jul 27 2024 | २०८१, साउन १२ गते

नेपालविरुद्ध कुवेतले दियो ७४ रनको लक्ष्य 

नेपालविरुद्ध कुवेतले दियो ७४ रनको लक्ष्य 

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २ २०८०
  • नेपालविरुद्ध कुवेतले दियो ७४ रनको लक्ष्य 

    काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ। मलेसियामा बुधबार नेपालविरुद्ध भएको खेलमा कुवेतले निर्धारित ओभरमा ९ विकेट क्षतिमा ७३ रन बनाएको हो।  खेलमा नेपालकी बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन्। रानामगरले १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियदा मुरलीको विकेट लिएकी थिइन् । लगत्तै १२।३ ओभरमा रानामगरको बलमा काजल श्रेष्ठद्वारा कुवेतकी मारयम ओमर स्टम्प आउट भइन्। १२ ओभरको चौथो बलमा कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काएकी हुन्। 

    images

    यसैगरी रुविना क्षेत्रीले २ विकेट र कविता कुँवरले २ विकेट लिइन्। कुवेतका लागि प्रियदा मुरली सर्वाधिक २९ रन बनाइन्। त्यसैगरी बालासुब्रमणि शान्ति र खादिजा खलीलले १३र१३ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। नेपालले केही समयपश्चात जवाफी ब्याटिङ गर्दैछ।  

    नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरिसकेको छ। मंगलबार भएको खेलमा माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले अन्तिम आठमा स्थान बनाएको हो।

    समूह ‘डी’मा रहेको नेपाल विजेताका रुपमा अन्तिम आठमा पुगेको हो। नेपालले समूह चरणमा हङकङ, भुटान र माल्दिभ्समाथि जित निकालेको थियो। कुवेत समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम आठमा पुगेको हो।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार