images

Jul 27 2024 | २०८१, साउन १२ गते

सस्तैमा समेटियो नेपाल, नामिबियालाई एक सय ३३ रनको लक्ष्य

सस्तैमा समेटियो नेपाल, नामिबियालाई एक सय ३३ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ३ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ३ २०८०
  • सस्तैमा समेटियो नेपाल, नामिबियालाई एक सय ३३ रनको लक्ष्य

    काठमाडौँ । आइसिसी मेन्स  क्रिकेट  विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल एक सय ३२ रनमा समेटिएको छ । 

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३२ रन मात्रै बनाउन सक्यो । खराब ब्याटिङ गरेको नेपालका लागि भीम सार्कीको ब्याटिङले केही उकासेको थियो ।

    पाँचौँ नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका सार्कीले नेपालका लागि सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बल खेल्ने क्रममा दुई चौका र एक छक्का पनि प्रहार गरे । त्यस्तै गुल्शन झाले २१ रन बनाए । उनले ३१ बल खेल्दै तीन चौका प्रहार गरे र ३८ बल खेलेका करण केसीले तीन चौकाको सहयोगमा १६ रन बनाए ।

    कप्तान रोहितकुमार पौडेल १३ बल खेल्दै एक रन मात्रै बनाउन सके भने कुशल मल्लले २२ बलमा एक चौका र एक छक्काको सहउोगमा १५ रन बनाए । सोमपाल कामी दुई रनमा आउट हुँदा कुशल भुर्तेलले खाता खोल्न सकेनन् । 

    त्यसैगरी पवन शर्राफले १२, अनिल शाहले आठ तथा आशिफ शेखले चार रन बनाए । नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका जजेरार्ड एरास्मस पाँच विकेट चट्काए । त्यस्तै ज्याक ब्रासेल र रुबेन ट्रम्पलम्यानले समान दुई–दुई विकेट लिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार