images

Jul 27 2024 | २०८१, साउन १२ गते

गाजामा तत्काल मानवीय युद्धविराम गर्न आवाह्न

गाजामा तत्काल मानवीय युद्धविराम गर्न आवाह्न

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ४ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ४ २०८०
  • गाजामा तत्काल मानवीय युद्धविराम गर्न आवाह्न

    अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डले गाजामा तत्काल मानवीय युद्धविराम गर्नको लागि संयुक्त आह्वान गरेका छन् ।

    images

    बिहीबार तीन देशका प्रधानमन्त्रीले संयुक्त विज्ञप्तिमार्फत् दक्षिणी गाजा पट्टीको प्यालेस्टिनी सहर रफाहमा इजरायलले भूमि आक्रमण गर्ने योजना बनाएको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

    उनीहरूले करिब १।५ मिलियन प्यालेस्टिनीहरूले शरण लिइरहेको  राफाह क्षेत्रमा सैन्य कारबाही विनाशकारी हुने जनाएका छन् । 

     गाजाको मानवीय अवस्था अहिले पनि भयावह  भएकाले झनै सैन्य कारबाहीबाट प्यालेस्टिनी नागरिकहरूमा विनाशकारी  प्रभाव पर्ने उनीहरूको भनाइ छ । 

    इजरायली सरकारलाई यस्तो मार्गमा अगाडी नबढ्न आग्रह गर्दै उनीहरूले त्यहाँका नागरिकहरूको लागि सुरक्षित जीवन यापनका लागि अन्त कतै जाने  ठाउँ  नभएको उल्लेख गरेका छन् ।  

    मानवीय युद्धविरामको तत्काल आवश्यकता औल्याउदै उनीहरूले इजरायली र प्यालेस्टिनीहरूका लागि स्थायी शान्ति सुनिश्चित गर्ने बाटो खोज्न दिगो युद्धविराम गर्न आग्रह गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार