images

Apr 25 2024 | २०८१, वैशाख १३ गते

नेपालले क्यानडालाई दियो दुई सय १७ रनको लक्ष्य

नेपालले क्यानडालाई दियो दुई सय १७ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
  • नेपालले क्यानडालाई दियो दुई सय १७ रनको लक्ष्य

    काठमाडौँ । नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडालाई जितका लागि दुई सय १७ रनको चुनौती दिएको छ ।

    images

    माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको योगफल बनाएको हो ।

    नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन् । त्यसैगरी रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे । किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए । 

    क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे । त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक÷एक विकेट लिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार