images

Jul 27 2024 | २०८१, साउन १२ गते

पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग  पराजित

पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग  पराजित

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ६ २०८०
  • पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग  पराजित

    काठमाडौँ। क्यानडा–११ विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ। मूलपानी क्रिकेट मैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल क्यानडा–११ सँग ४ विकेटले पराजित भएको हो। २१७ रनको लक्ष्य क्यानडाले ४९।३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। क्यानडाका लागि निखिल दत्तले अविजित ६७ रन बनाए। नेपालका लागि भने साहब आलमले २ तथा बसिर अहमद, सागर ढकाल, रासिद खान र प्रतिस जीसीले १–१ विकेट लिए।

    images

    पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको थियो। नेपालका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले। ५५ बलमा बसिर ५० रनमा अविजित रहे।

    नेपालका रासिद खानले ६६ बलमा ४० रन बनाए। मयन यादवले ३५ रन बनाए। किरण ठगुन्नाले २५, विवेक यादव २३, सन्दीप जोरा १४, विनोद भण्डारी ५ तथा प्रतिस जीसी र अर्जुन कुमाल ४–४ रनमा आउट भए। शाहाब आलमले २ रनमा अविजित रहे।

    क्यानडा ११ का लागि साद विन जफरले ३, इश्वरजोत सोहीले २, तथा हर्श थाकेर, शाहिद अहमदजाई र डिलोन हेलिगरले भने १–१ विकेट लिए। दोस्रो खेलमा नेपाल ए र क्यानडा ११ मंगलबार आमने सामने हुनेछन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार